add

पाँच दशमलव ५१ अङ्कले बढ्याे नेप्से,३ अर्ब ६२ करोडको कारोबार






ActPro Nepal

|

१४ पुष, २०७८

|
1395

काठमाडौं ।   बुधबार शेयर बजार परिसूचक नेप्से बुधवार सामान्य बढेको छ। 

साताको कारोबारको चौथोदिन आज शेयर बजार मापक सूचक नेप्से ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९१ रुपैयाँ बराबरको ५६ लाख ३८ हजार २९७ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ८ वटामा बढेको छ भने अन्य ५ वटा राताम्मे भएका छन् ।

सामान्य अंकले बढेको बजारमा बैंकिङ ०.७६ , होटल तथा पर्यटन १७, निर्जीवन बीमा २५१ माइक्रोफाइनान्स ११, जलविद्युत २५३ र उत्पादन ५७ अंकले बढेको छ ।

ब्यापार १३, विकास बैंक २९, फाइनान्स घटेको छ भने अन्य उपसमूह १९ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा भोटेकोशी जलविद्युत कम्पनी रहेको छ । यो कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेका छ ।

त्यस्तै,नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्स शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलीटर लिमिटेडको भएको छ । यस कम्पनीको आज ५२ करोड ५५ लाख भन्दा बढीको कारोबार भएको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.