add

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघमा नयाँ नेतृत्व






ActPro Nepal

|

११ पुष, २०७८

|
2176

काठमाडौं । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

शनिबार साँझ सम्पन्न संघको १३औं वार्षिक साधारणसभाबाट बागमती आर्टस एण्ड ह्याण्डीक्राफ्टका सञ्चालक नरेशलाल श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । 

विधानबमोजिम संघको वरिष्ठ उपाध्यक्षमा महेश्वर श्रेष्ठ (एभरेष्ट फेसन), उपाध्यक्षमा अमोग लाखपा (नेपाल क्राफ्ट ग्यालरी), महासचिवमा तेलबहादुर कुमाल (लस्ट होराइजन इन्टरनेशनल ह्याण्डीक्राफ्ट), सचिवमा शान्ति भण्डारी श्रेष्ठ (उपहार कलेक्शन) र कोषाध्यक्षमा शिव अधिकारी (फेल्ट मार्ट इन्ड्रष्टी) निर्वाचित भएका छन् ।

त्यसैगरी विधान बमोजिम संघको पाँच जना सदस्यहरूमा नेपह्याण्ड फेल्ट एण्ड लेडर वक्र्सकी सुनिता श्रेष्ठ, आहा फेल्टका रुद्रनाथ देवकोटा, फेल्ट एण्ड याङका सुनिता शेर्पा, नेशनल एक्स्पोर्टका चन्द्रबहादुर थापा र राजन डायङ उद्योगका विष्णुमणि लोहनी निर्वाचित भएका छन् ।

त्यस्तै संघको संशोधित विधान अनुसार थप भएको दुई जना उपाध्यक्षमा देवचक्र एक्सपोर्टका चक्रमणि देवकोटा र ह्याण्डीक्राफ्ट फेल्ट सपका डाकबहादुर पराजुली मनोनित भएका छन् । त्यसैगरी सचिवमा हिमालयन आर्टस एण्ड ह्याण्डीक्राफ्टका प्रभुकुमार कार्की र कार्यसमिति सदस्यमा हब क्रियशन इन्ड्रष्टीजका विश्वनाथ श्रेष्ठ मनोनित भएका छन् ।

मनोनित एक जना सदस्य पछि मनोनित गरिने निर्वाचन समितिका संयोजक अधिवक्ता प्राणनाथ न्यौपानेले जानकारी दिए । नयाँ कार्य समितिमा निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था भ छ । 

नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहने छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको प्रमुख आथित्यतामा सम्पन्न संघको १३औं वार्षिक साधारणसभाको अवसरमा २०७७/०७८ मा ऊनी फेल्टजन्य उत्पादनहरू विश्वबजारमा निर्यात गर्ने उद्योगीहरूमध्ये विभिन्न विधाका उत्कृष्टहरूलाई सम्मान समेत गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.