add

मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव, सामान्यतया मौसम सफा रहने






ActPro Nepal

|

९ पुष, २०७८

|
890

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी भू-भागहरूमा आंशिक बदली तथा बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

शनिबार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का  हिमपातको सम्भावना छ ।

आइतबार देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.