add

सेयर बजारमा सुधार : ९२ अंकले बढ्यो नेप्से, परिसूचक २५०७ अंक पुग्दा ४ अर्ब ५२ करोडको कारोबार






ActPro Nepal

|

७ पुष, २०७८

|
896

काठमाडौं । शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । मंगलवार ५६ अंकले बढेको नेप्से कारोबारको चौथोदिन ९२ अंकले बढेको छ ।

बुधवार नेप्से ९२.१६ अंकले बढेर २५०७.७० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३३ कम्पनीको ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँ बराबरको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर किनबेच भएका छन् । सूचकसँग कारोबार रकममा बढोत्तरी आएको छ ।

आज कारोबारमा आएका १३ समूहकै परिसूचक हरियाली भएका छन् । अपर तामाकोशीसहित ७ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बैंकिङ समूहको शेयर ३७ अङ्कले, विकास बैंकको दुई सय ३०, होटलको १३० फाइनान्सको ७४ ,माइक्रोफाइनान्सको १८२ र जलविद्युत् समूहको शेयर १६२ अङ्कले बढेको छ ।

यस्तै उत्पादन समूहको शेयर १८२ अङ्कले, जीवन बीमा समूहको पाँच सय २ अङ्कले, निर्जीवन बीमा समूहको चार सय ८७ , लगानी समूह ३, र अन्य समूहको शेयर ६४ अङ्कले बढेको छ नेप्सेका अनुसार आज ७ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, शिवम् सिमेन्ट, स्वाभिमान लघुवित्त, सगरमाथा इन्स्योरेन्स, आइएसडीसी लघुवित्त, हिमालयन डिष्ट्रिलर, हिमाल दोलखा हाइड्रोपावर, युनियन इन्स्योरेन्स रहेको छ । यी सबै कम्पनीको शेयरमूल्य सर्किट लेभेलमा बढेको छ ।

त्यस्तै, आज नबिल डिबेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज ६८ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.