add

चार महिनामा २९ जनाले पाए सहुलियत कर्जा,कुन शीर्षकमा कतिले लिए ?






ActPro Nepal

|

२ पुष, २०७८

|
1248

काठमाडौं । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेको छ ।

चालू आर्थिक वर्षको ४ महिनामा अवधिमा मात्रै थप २९ हजार ८२१ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याक अनुसार हालसम्ममा १ लाख ३३ हजार ९३० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

यो संख्या असार मसान्तमा १ लाख ४ हजार १०९ रहेको थियो । गत आर्थिक वर्ष (२०७७/७८) वर्षको १२ महिनाको अवधिमा मात्रै थप ७१ हजार ६६१ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

यो संख्या अघिल्लो वर्ष(२०७६) को असार मसान्त सम्ममा १८ हजार २ सय ९५ रहेको थियो । २०७७ असार मसान्तसम्ममा ३२ हजार ४ सय ४८ जनाले सहुलियत कर्जा लिएका थिए ।

जसमध्ये सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा प्रवाह भएको छ । हालसम्म बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जा अन्तर्गत २ खर्ब ५० अर्ब २ करोड रुपैयाँ लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार, सहुलियत कर्जाका १० शीर्षकमध्ये ऋणी संख्याका हिसाबले महिला उद्यमशीलता कर्जा र कर्जाको आकारका हिसाबले व्यावसायिक कृषि तथा पशुपंक्षी पालनतर्फ सबैभन्दा बढी कर्जा परिचालन भएको छ ।

पछिल्लो समय राष्ट्र बैंकले बैंकहरुले अनिवार्य सहुलियतपूर्ण कर्जा लगानी गर्नै पर्ने व्यवस्था गरेपछि यस्तो कर्जा लिनेको संख्या बढ्दै गएको हो ।

राष्ट्र बैंकले संख्या नै तोकेर अनिवार्य कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेपछि पहिलाकोभन्दा सहजै ऋण पाउने अवस्था सृजना हुँदा यस्तो ऋण लिनेको संख्या ह्वात्तै बढेको हो ।

सहजै सहुलियतपूर्ण कर्जा नपाएको गुनासो बढेपछि राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुले एक आर्थिक वर्षम न्यूनतम ५०० वटा वा प्रतिशाखा १० जना र विकास बैंकहरूले कम्तीमा ३०० वा न्यूनतम प्रतिशाखा ५ जनालाई सहुलियत कर्जा प्रवाह गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो ।

कुन शीर्षकमा कतिले लिए ?

सहुलियत कर्जाको पहिलो नम्बरमा महिला उद्यमशील कर्जा लिने रहेका छन् । कात्तिक मसान्तसम्ममा ७० हजार २० जनाले महिला उद्यमशील कर्जा लिएका छन् ।

दोस्रोमा कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ५५ हजार ११६ ऋणी प्रवाह भएको छ। दलित समुदाय व्यवसाय विकासको लागि १०८९ जनाले सहुलियत कर्जा लिएका छन् ।

उच्च र प्राविधिक व्यावसायिक कर्जा १४२ जनाले र भूकम्प पीडितका लागि निजी आवास पुनर्निर्माण कर्जा २२१जनाले लिएका छन् ।

कपडा उद्योग सञ्चालनका २३८ जनाले सहुलियत ऋण लिएका छन् ।

शिक्षित युवा स्वरोजगार कर्जा विदेशबाट फर्किएका युवा परियोजना कर्जा जम्मा ९३९ जनाले मात्रै उपयोग गरेका छन् ।

कुन-कुन शीर्षकमा पाइन्छ सहुलियत कर्जा ?

सरकारले ब्याज अनुदान सहित विभिन्न १० शीर्षकका व्यवसाय गर्नलाई सहुलियत कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवासा निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ ।

गत वर्ष राष्ट्र बैंकले कार्यविधि संशोधन गर्दौ कपडा उद्योग संचालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.