add

थप ७ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध, कुन कुन ?






ActPro Nepal

|

२ पुष, २०७८

|
661

काठकाडौं । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ७ वटा संस्थाहरू आबद्ध भएका छन्।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीवार सूचना प्रकाशित गरी थप संस्थाहरु आबद्ध भएको जनाएको हो ।

‘ख’ र ‘ग’ वर्गका ७ वित्तीय संस्थाहरु आरटीजीएस प्रणालीमा आवद्ध भएको र आजैदेखि डाइरेक्ट पार्टिसिपेण्टको रुपमा आबद्ध भई कारोबार गर्ने जनाएको छ ।

आरटीजीएस प्रणालीमा थप भएका ‘ख’ वर्गको सप्तकोशी डेभलपमेन्ट बैंक लि., विराटनगर रहेको छ ।

‘ग’ वर्गमा वित्तीय संस्थामा गुडविल फाइनान्स लि काठमाडौं, गोर्खाज फाइनान्स लि काठमाडौं, बेष्ट फाइनान्स कम्पनी लि काठमाडौं, प्रोगेशिभ फाइनान्स लि., काठमाडौं,. रिलायन्स फाइनान्स लि., काठमाडौं र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लि., ललितपुर रहेको छ ।

आरटीजीएस प्रणालीमा यसअघि नै २७ वटा वाणिज्य बैंक आबद्ध रहँदै आएको राष्ट्र बैंकले जनाएको छ । ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने छन् ।

रकम पठाउने ब्यक्तिले बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.