add

महोत्तरीमा निर्वाचन अधिकृतलाई अपहरण गरेर प्रमाणपत्रमा हस्ताक्षर गराएको रहस्य बाहिरियो






ActPro Nepal

|

१८ मंसिर, २०७८

|
887

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महोत्तरीको एक निर्वाचन क्षेत्रमा मतदान अधिकृतलाई अपहरण गरेर जबरजस्ती प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाइएको रहस्य बाहिरिएको छ।

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनमा मतदान अधिकृत धिरेन्द्र मण्डललाई अपहरण गरी प्रमाणपत्रमा जबरजस्ती हस्ताक्षर गर्न लगाइएको रहस्य बाहिरिएको हो।

क्षेत्रीय अधिवेशनअन्तर्गत निर्वाचन गराउन खटिएका मण्डलले आफूलाई नियन्त्रणमा लिइ जबरजस्ती प्रमाणपत्रमा हस्ताक्षर गराउन लगाइएको भन्दै मान्यता नदिन कांग्रेस जिल्ला निर्वाचन समितिसँग आग्रह गरेका छन्।

निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन मंसिर १५ गतेका  लागि तोकिएको थियो। उद्घाटनपछि दुई पक्षबीच विवाद हुँदा बन्दसत्र नै स्थगित गर्नुपर्ने अवस्था आएको थियो।

सहमति हुन नसकेपछि क्षेत्रीय पदाधिकारी तथा महाधिवेशन प्रतिनिधि चयन गर्न निर्वाचनमा जानुपर्ने भनाइ अर्को पक्षको थियो।

विवादका कारण निर्वाचन प्रक्रिया स्थगित भएपछि मतदान अधिकृत मण्डल जनकपुरस्थित आफ्नो घर फर्किए। जनकपुरधाम–८ स्थित घरबाट केही अपरिचित व्यक्तिले आफूलाई अपहरण शैलीमा लगि जबरजस्ती प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको मण्डलले बताएका छन्।

‘मंसिर १७ गतेका दिन बेलुका ६ः३० बजे जनकपुरमा रहेको मेरो घरबाट केही अपरिचित व्यक्तिहरूले अपहरण शैलीमा लगि म बाट निर्वाचनको कुनै प्रक्रिया नअपनाइ आफूखुशी प्रमाणपत्र लिएकोले प्रमाणपत्रहरू रद्द गर्नुका साथै मेरो राजीनामा स्वीकृत गरि सहयोग गरिदिन हुन अनुरोध छ,’ जिल्ला निर्वाचन समितिलाई मण्डलले लेखेको पत्रमा भनिएको छ।

मतदान अधिकृतलाई बन्धक बनाएर जबरजस्ती प्रमाणपत्र वितरण गरिएको भन्दै त्यहाँका अधिकांश कांग्रेस कार्यकर्ताले अधिवेशनलाई नमान्ने बताएका छन्।

पार्टीका जिल्ला सभापति महेन्द्रकुमार राय र पूर्वकेन्द्रीय सदस्य रामचन्द्र तिवारीले मिलोमतो गरी आफूले चाहेअनुसारको व्यक्तिलाई महाधिवेशन प्रतिनिधि बनाउन मतदान अधिकृतलाई बन्धक बनाएर जबरजस्ती गरेको महोत्तरी कांग्रेसका एक नेताले बताए।

जिल्ला सभापति राय पार्टी सभापति शेरबहादुर देउवानिकट हुन भने तिवारी संस्थापनइतर निकट छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.