add

शान्ती प्रक्रियाका बाँकी काम सम्पन्न गर्न प्रतिवद्ध छौं : अध्यक्ष प्रचण्ड






ActPro Nepal

|

५ मंसिर, २०७८

|
686

बृहत् शान्ति सम्झौता (CPA) मा हस्ताक्षर भएको १५ वर्ष बितेको छ । यो अवधिमा हामीले नेपाली समाजका समस्याहरूलाई सम्बोधन गर्न राज्यको अग्रगामी पुनर्संरचना, लोकतन्त्रलाई संस्थागत गर्ने समावेशी समानुपातिक सहभागितामा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरी ऐतिहासिक रूपमा आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, अल्पसंख्यक तथा युवाहरूको भूमिका बढाउने प्रयत्नमा उल्लेखनीय सफलता हासिल गरेका छौं । ती सफलताप्रति हामीलाई गर्व छ । यो प्रक्रियामा योगदान गर्ने सबैलाई हार्दिक बधाई छ ।

संविधानसभाबाट संविधान, सोको कार्यान्वयनका निम्ति ऐतिहासिक निर्वाचन र निर्वाचित पदाधिकारीहरूले पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै अर्को निर्वाचनको तयारीमा प्रवेश गरिसकेको अवस्था छ । नेपाली सेनाको लोकतान्त्रिकरण र जनमुक्ति सेनाको समायोजनको काम सम्पन्न भैसकेको छ । शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको द्वन्द्वकालिन घटनाको सत्यतथ्य छानविन गरी मेलमिलापको वातावरण तयार गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगहरू गठन भै कार्यरत छन् । संवैधानिक रूपमा स्थापित गरिएका राष्ट्रिय मानवअधिकार आयोग, महिला, दलित, आदिवासी जनजाति आयोग जस्ता आयोगहरूले पनि आफनो ठाउँमा मानवअधिकार र शान्तिका लागि आफनो भूमिका निर्वाह गरिरहेकै छन् । 

युद्धलाई शान्तिमा रूपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरूलाई परिपुरण र संक्रमणकालिन न्यायको मान्यतामा आधारित छानविनको प्रकृयाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ ।

सत्यनिरूपण र बेपत्ता आयोगका काम छिटो पुरा गरौं : डा.भट्टराईसत्यनिरूपण र बेपत्ता आयोगका काम छिटो पुरा गरौं : डा.भट्टराई

आजसम्मका राजनैतिक उपलब्धिहरूप्रति गर्व गर्दै सो क्रममा भएका कमिकमजोरीहरूको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं । यो मामला सरकारको मात्र मामला नभै राज्यको मामला हो यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौं र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई  विश्वास दिलाउन चाहन्छौं ।

सहिद तथा वेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरूसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामी अधिवेशनमा टुङ्गोमा पुराउन र शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न प्रतिवद्ध छौं । साथै शान्ति र महिला सम्बद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव नं. १८२० तथा १३२५ को पहिलो राष्ट्रिय कार्ययोजना सफलतापुर्वक सम्पन्न गरिसकेको पृष्ठभुमिमा दोश्रो कार्ययोजना समेत कार्यान्वयन गर्ने कुरा पनि विश्वस्त पार्न चाहन्छौ । आजको यस ऐतिहासिक दिनमा हाम्रो यो प्रतिवद्धता पुरा गर्न सबै सम्वद्ध पक्षबाट सहयोगको अपेक्षा पनि गर्दछौँ । 

[वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पुगेको अवसरमा नेकपा माओवादी केन्द्रद्वारा जारी वक्तव्यको पूर्णपाठ]


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.