add

बाढी-पहिरो प्रभावित क्षेत्रमा तीव्ररुपमा राहत वितरण भइरहेको छ : गृहमन्त्री लेखक






ActPro Nepal

|

३ कार्तिक, २०८१

|
107

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले गत असोज १० देखि १३ गतेसम्म भएको भारी वर्षाले निम्त्याएको बाढी-पहिरो प्रभावितको उद्धार सकिएर राहतको काम भइरहेको बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको १४ औं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा गृहमन्त्री लेखकले बाढी-पहिरो प्रभावित क्षेत्रमा तीव्रताका राहत वितरणको काम भइरहेको बताए। 

बाढी पहिरो प्रभावित २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै उक्त पालिकामा तत्काल राहतको प्याकेज घोषणा गरिएको उनले जानकारी दिए। उनका अनुसार विहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्यकारी समितिको बैठकबाट अति क्षति भएको पालिकालाई एक करोड, मध्ये क्षति भएका पालिकालाई ७५ लाख र कम क्षति भएको पालिकालाई ५० लाख दिने निर्णय भएको छ।  

असोज दोस्रो साताअघि भएको विपद्ले निम्त्याएको घटनामा पुनर्स्थापना र पुनर्निर्माणको काम भइरहेको उनको भनाइ छ।  'एक वर्षयताका विपद्का घटनाको सम्बोधन हुने गरि निर्णय गर्न आवश्यक छ । पुनर्स्थापना र पुनर्निर्माणमा जाजरकोट भूकम्पदेखिकै विषयलाई समेट्नुपर्छ,' गृहमन्त्री लेखकले भने। 

विपद्‍मा सीमित स्रोत साधनका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राम्रो काम गरेको भन्दै गृहमन्त्री लेखकले थप स्रोत साधनको आवश्यकता औँल्याए। साथै विपद् प्राधिकरणलाई सातै प्रदेशमा स्थापना गर्नुपर्नेमा उनको जोड थियो । 

गृहमन्त्री लेखकको समन्वयकारी भूमिकाले अवरुद्ध सडक र खानेपानी संचालनमा ल्याउनका तथा घाइतेको निस्शुल्क उपचार गराउन सहज भएको मन्त्रीहरुको भनाइ थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.