add

रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान गरिने






ActPro Nepal

|

२ कार्तिक, २०८१

|
190

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ।

प्रहरीले अदालतबाट लिएको अनुमतिमा सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न भनिएको छ।  

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ।

ठगीसँगै संगठित अपराध कसुर समेत जोडिएकाले लामिछानेलाई प्रहरीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ।

त्यसपछि प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय बुझाएपछि सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा लैजान्छ। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.