add

बेइजिङ ओलम्पिक बहिस्कार गर्ने अमेरिकाको चेतावनी






ActPro Nepal

|

३ मंसिर, २०७८

|
1214

एजेन्सी, न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन् । ‘बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढंगले बहिस्कार गर्ने बारेमा हामीले सोचिरहेका छौं,’ राष्ट्रपति बाइडेनले भने ।

कूटनीतिक बहिस्कारको अर्थ कुनै पनि अमेरिकी अधिकारी खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुने छैनन् । अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिरहेका बेला अमेरिकाको पछिल्लो धारणा आएको हो । 

सोमबार बाइडेन र चीनका राष्ट्रपतिबीच भर्चुअल बैठक सम्पन्न भएको थियो । 

करिव चार घण्टा लामो सो बैठकमा दुवै नेताहरुले ओलम्पिक खेलबारे छलफल नगरेको ह्वाईटहाउका महिला प्रवक्ता जेन पेसाकीले बताइन् । कूटनीतिक बहिस्कारले खेललाई असर नगर्ने उनले बताइन् ।

चीनमा भइरहेका मानव अधिकार दुर्वयवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिक नेताहरुले बताउँदै आएका छन् ।

बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुवरीदेखि सुरु हुँदैछ । 

चीनले सिन्जियाङमा त्यहाँका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रततामा दमन गरेको भन्दै अमेरिकाले चीनको विरोध गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.