add

प्रधानन्यायाधीश हटाउन अदालत होइन दलको कार्यालयमा प्रदर्शन गर्नुस्ः कमल थापा






ActPro Nepal

|

१ मंसिर, २०७८

|
803

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हटाउन आन्दोलनरत कानुन व्यवसायीलाई वैधानिक बाटो अपनाउन सुझाव दिएका छन्।

थापाले वैधानिक बाटो महाभियोग भएको र त्यसबाट हटाउन दलहरु कहाँ जान सुझाव दिएका हुन्। उनले अदालतमा होइन पार्टी कार्यालयमा प्रदर्शन गरेर दबाब बढाउन आग्रह गरेका छन्।

'प्रधानन्यायधीशविरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रधानन्यायाधीश हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो। महाभियोग लगाउने दलले हो,' उनले भनेका छन्, 'अधिकांश वकिलहरु दलसँग आबद्ध छन्। बारको चुनाव दलगत आधारमा हुन्छ। त्यसैले प्रधानन्यायाधीश हटाउने हो भने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्न सक्नुपर्छ।'


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.