add

मुख्यमन्त्री राउतले वनमन्त्री रायलाई हटाए






ActPro Nepal

|

३० कार्तिक, २०७८

|
1012

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र वन मन्त्री रामनरेश रायबीच दुई दिनयता सम्बन्ध चिसिएको थियो । त्यही मेसोमा मंगलबार मुख्यमन्त्री राउतले रायलाई अचानक पदबाट बर्खास्त गरे ।

नेकपा एकिकृत समाजवादीलाई सरकारमा ल्याउनु पर्ने भएपछि मुख्यमन्त्री राउतले रायलाई मन्त्रीबाट राजीनामा दिएर ठाउँ खाली गर्न भनेका थिए । त्यसयता दुबै बीचको सम्बन्ध चिसियो ।

रायले आफूलाई पार्टीले मन्त्री बनाएकाले पार्टीकै आदेशमा मात्र मन्त्रीबाट राजीनामा दिने सार्वजनिक अभिव्यक्ति दिए । बरु साइकल खरिद प्रकरणमा अख्तियारले गरेको प्रारम्भिक छानविनबाट मुख्यमन्त्रीमाथि आरोप देखिएकाले उनले नै पद छाडेर मार्ग प्रसस्त गर्नुपर्ने अभिव्यक्ति रायले दिए ।

‘मलाई मुख्यमन्त्रीले राजीनामा दिनका लागि भन्नुभएको थियो,’ रायले मंगलबार वेबटिभीसँग कुरा गर्दै भने, ‘मलाई पार्टीले मन्त्री बनाएकाले पार्टीकै निर्देशन चाहिने बताएँ । पार्टीले मलाई केही नभनेकाले मैले मुख्यमन्त्रीले भन्दैमा मान्ने कुरा आएन ।’

मुख्यमन्त्रीले उनलाई राजीनामा दिन भनेपछि रायले पनि मुख्यमन्त्रीविरुद्ध अभिव्यक्ति दिन थाले । रायले आफूलाई मन्त्रीबाट हटाएको पत्र नआएको र बाहिरबाट मात्र हल्ला सुनेको बताए ।

‘अख्तियारले उहाँ (मुख्यमन्त्री) माथि आरोप लगाइसकेपछि अनुसन्धानका लागि राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्छ भनेको थिएँ,’ उनले भने, ‘सायद मैले बोलेको कुराले उहाँ असन्तुष्ट भएर मलाई हटाउनु भएको हुनसक्छ । तर,मलाई पार्टीले केही भनेको छैन ।'


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.