add

काठमाडौंमा धुलो धुवाँ बढ्यो, अब सबैले विद्युतीय सवारी साधन किनौं :प्रधानमन्त्री






ActPro Nepal

|

३० कार्तिक, २०७८

|
1106

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले अब विद्युतीय सवारी साधनको विकल्प नभएको बताएका छन् ।

मंगलबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)को १९ र २०औं वार्षिक साधारणसभामा आफ्नो धारणा राख्दै उनले अब पेट्रोल तथा डिजेलबाट चल्ने सावरी साधनभन्दा पनि विद्युतीय सवारी साधनलाई बढाउनु पर्ने बताएका हुन् ।

उनले अब विस्तारै सबैले इलेक्ट्रिक सवारी साधन खरिद गर्नु पर्ने पनि बताए ।

‘हामीले ग्याँसको चुल्हो किन किन्ने ? डिजेल पेट्रोलको सवारी साधन किन किन्ने ? अब हामी सबैले इलेक्ट्रिक चुल्हो र विदुतीय गाडी चलाऔं, पेट्रोलबाट चल्ने सवारी साधनले काठमाडौंमा धुलो धुवाँ बढ्यो, अब सबैले विद्युतीय सवारी साधनमा नजानुको विकल्प छैन,’ उनले भने ।

उनले विद्युतको खपत बढाउनका लागि पनि विभिन्न कायहरु बढाउनु पर्ने बताए । ‘भारतले बिजुली किनेन भने के गर्ने ? उसले सधैं किन्छ भनने पनि छैन, हामीले उत्पादन गरेको बिद्युत हामी हाफैले खपत गर्न सक्नुपर्छ, देशमै बिद्युत खपत हुने वातावरण हामी आफैले सिर्जना गर्नुै पर्छ, त्यसका लागि के नीति आवश्यक पर्छ ? के सहुलियत दिनु पर्छ,’ सरकार तयारछ,’ उनले भने ।

उनका अनुसार जलविद्यतुकर्मीहरुलाई सहज र सहुलियतका लागि विभिन्न सुविधाहरु दिन पनि सरकार तयार रहेको बताए । देउवाले जलविद्युत व्यवसायीहरुको क्षमता अभिवृद्धि र सीप विकासका लागि पनि सरकार प्रतिवद्ध रहेको बताए ।


यस्तै, उनले देशमा जलविद्युत क्षेत्रको विकासका लागि सरकार सधैँ तत्पर रहेको बताए । ‘अब देशमा खपत बढाउन आवश्यक छ, विद्युतीय सवारी र इन्डक्सन चुल्होमा सरकारले अनुदान उपलब्ध गराउँछ, तपाईंहरु अगाडि बढ्नुस्, सरकारले कस्तो सुविधा दिनु पर्छ, हामी तयार छौं,’ उनले भने ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.