add

लोसपा नेता राजेन्द्र महतोले मागे प्रधानन्यायाधीशको राजीनामा






ActPro Nepal

|

३० कार्तिक, २०७८

|
958

वीरगन्ज । न्यायालय विवादमा मौन बसेका दलहरूले मुख खोल्न थालेका छन् ।  लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेका छन् । वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने बताए । 

न्यायालयमा भइरहेको आन्दोलनको जिम्मा प्रधानन्यायाधीश जबराले लिनुपर्ने भन्दै उनले न्यायालयको गरिमा बचाउन पनि तत्काल राजीनामा गर्न जबरालाई सुझाव दिए । जबराले सेटिङमा फैसला गरेको आरोप लगाएका उनले बार र न्यायाधीशसमेत विरुद्धमा लागेपछि जबराले पदमा बस्न नहुने बताए । 

जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलनमा रहेका बेला सत्तारुढ र विपक्षी दलहरू भने मौन बस्दै आएका छन् । उनीहरू न्यायालयले नै यसको निकास खोज्नुपर्ने भन्दै बसिरहेका बेला पूर्वन्यायाधीशहरूले पत्रकार सम्मेलन नै गरेर जबरालाई महाअभियोग लगाउन माग गरिसकेका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.