add

सहमतिबाटै पार्टीलाई अगाडि बढाउनुपर्छ : अध्यक्ष थापा






ActPro Nepal

|

२९ कार्तिक, २०७८

|
947

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले पार्टीभित्रको विवाद समाधान हुँदै गएको र सहमतिबाट नै पार्टी अघि बढ्नुको विकल्प पनि नभएकाले एकताको सन्देश दिन आफू झापा आएको बताएका छन्। 

पार्टीको प्रदेश नं १ कार्य समितिको प्रथम एकता अधिवेशनको आइतबार उद्घाटन गर्दै उनले भने, “झापा राप्रपाको मुटु हो,  झापाले सिङ्गो देश हाँक्ने सामर्थ्य राख्छ।” 

कार्यक्रममा झापा क्षेत्र नं ३ का सङ्घीय सांसद तथा नेता राजेन्द्र लिङ्देनले पार्टीमा नेतृत्वले योजना बताउन नसकेका कारण आफू भूमिकाविहीन हुन पुगेको भन्दै शीर्ष नेतृत्वले आफूलाई चिन्न नसकेको भन्दै दुःखसमेत व्यक्त गरे।

प्रदेश नं १ का अध्यक्ष राम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश १ का १४ जिल्लाका पार्टी प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थिति रहेको थियो। सोमबारसम्म चल्ने राप्रपाको प्रदेश अधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ। राप्रपाले आइतबार एकै दिन देशभरका सातै प्रदेशमा अधिवेशन गरेको छ। राप्रपाले आगामी मङ्सिर ११, १२ र १३ गते केन्द्रीय अधिवेशनको गर्ने तय गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.