add

राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि यू–१९ क्रिकेट टोली छनोट






ActPro Nepal

|

२२ कार्तिक, २०७८

|
768

काठमाडौं । मङ्सिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिएको छ। 

जिल्ला क्रिकेट सङ्घले कात्तिक २१ गते छनोट क्याम्प सञ्चालन गरेर खड्गबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरेको हो। टोलीका अन्य सदस्यमा गजेन्द्र बोहरा, दीपक बोहरा, प्रदीप चन्द, सुनिल चन्द, वीरेन्द्रनाथ, श्याम साउद, नरेन भट्ट, भूपेन्द्र चन्द, वीरेन्द्र चन्द, हेमन्त चन्द, विशाल चन्द, नीरज रावल र सुरेन्द्र ऐरी रहेका छन्। 

यस्तै धीरज मल्ल, सन्तोष चन्द, दीपेन्द्र भण्डारी र जीवन चन्द वैकल्पिक खेलाडीको रुपमा छनोट भएका सङ्घका अध्यक्ष लालबहादुर चन्दले बताए। प्रशिक्षकका रुपमा शेरसिंह खत्री र टिम व्यवस्थापकमा लोकराज जोशीलाई चयन गरिएको जनाइएको छ।  


छनोट भएको टोली कात्तिक २४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने भएको छ। प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको १९ वर्षमुनिको टोली बनाइने भएको छ। उक्त टोलीले १९ वर्षमुनीको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ४ गतेदेखि १९ वर्षमुनीको राष्ट्रिय प्रतियोगिता हुँदैछ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.