add

वाग्मती प्रदेशः मुख्यमन्त्रीकाे राजीनामासँगै बैठक अनिश्चितकालीन स्थगित






ActPro Nepal

|

१० कार्तिक, २०७८

|
612

काठमाडौं । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेपछि प्रदेशसभाको बैठक अनिश्चितकालीन स्थगित गरिएको छ। 

प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाक्यले आफूले मार्गप्रशस्त गर्ने जानकारी गराएकी थिइन्। यसपछि सभामुख सानुकमार श्रेष्ठले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्। 

शाक्यको राजीनामा घोषणा भएसँगै अब वाग्मतीमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुनेछ। 

प्रदेशसभामा १०९ जना सांसद छन्। सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ। तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन्। यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो। 

माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी)सँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सांसद छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.