add

प्रदेश नं २ मा मुख्यमन्त्री राउतलाई दुई तिहाइको समर्थन






ActPro Nepal

|

२१ असोज, २०७८

|
620

काठमाडौं  ।  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाइको समर्थन पाएका छन्। जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले आज विश्वासको मत मागेका थिए।

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ। यो कूल प्रदेशसभा सदस्य सङ्ख्या १०४ को दुई तिहाइ हो। 

राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) तथा पाँच दलीय गठबन्धनमा रहेको नेकपा(एकीकृत समाजवादी)का सांसदले मत दिएका छन् । उनको विपक्षमा २३ मत परेको छ। राउतको विपक्षमा लोसपा र नेकपा (एमाले)का सांसदले मत दिएका हुन् । आजको मतदानमा प्रदेशसभाका १०० सदस्यले भाग लिएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.