add

कांग्रेसका सहमहामन्त्रीसहितको टोली मित्र राष्ट्र भारत जाने






ActPro Nepal

|

२० असोज, २०७८

|
640

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली मित्र राष्ट्र भारत भ्रमणमा जाने भएको छ ।

सत्तारुढ दल भारतीय जनता पार्टी ‘बिजेपी’को निमन्त्रणमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली भोलि भारत भ्रमणमा जान लागेको हो ।

भ्रमण टोलीमा पूर्व राज्यमन्त्री उदयशमशेर राणा र नेता अजय चौरसिया सहभागी हुने बुझिएको छ । चार दिने सद्भाव भ्रमणका क्रममा नेताहरूले बिजेपीका सभापति, महासचिव तथा भारतका परराष्ट्र मन्त्रीलगायतसँग भेट्ने कार्यक्रम रहेको नेता राणाले बताए ।

भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताए । गत अगष्टमा भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएको बेला कांग्रेसलाई भारत भ्रमणको निम्तो दिएका थिए ।

पछिल्लोपटक भाजपाले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला भारतसँगको सम्बन्ध सुधारमा लागेका छन् । देउवा प्रधामन्त्री भएको तीन महिना पुग्न लाग्दा पनि भारतले भ्रमणको निम्तो दिएको छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.