add

नेपाल प्रहरी लोकतन्त्रको पक्षमा लडेको संगठन हो : गण्डकी मुख्यमन्त्री पोखरेल






ActPro Nepal

|

२० असोज, २०७८

|
698

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाल प्रहरी लोकतन्त्रका पक्षमा लडेको संगठन भएको बताएका छन् । 

६६औँ प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि संघर्षरत मुक्ति सेनालाई २००७ सालको परिवर्तन पछि नेपाल प्रहरीका रुपमा बनाइएको बताएका हुन् । 

स्थापनाकालदेखि नै देशमा लोकतन्त्रको स्थापनासँगै जनताको हक अधिकार स्थापित गराउन, शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय भएको जनाउँदै उनले सीमित स्रोत साधनका बाबजुद पनि हरेक क्षेत्रमा यस संगठनले उदाहरणीय काम गरेको बताए । 

शान्ति सुरक्षासँगै महामारीजन्य प्रकोपमा पनि नेपाल प्रहरी अहोरात्र खटिएको स्मरण गर्दै उनले प्रहरी दिवसका अवसरमा देश र जनताका लागि विगतमा जस्तै खटिने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे । 

प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले देश, जनता र संगठनको गरिमा उचो हुने गरी नेपाल प्रहरीले योगदान दिँदै आएको बताउँदै अग्रजको प्रेरणा, कर्तव्य परायणता र गौरवमय इतिहासलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए । 

उनले कानूनको निष्पक्ष कार्यान्वयन, शान्ति सुरक्षा र अमनचयन जस्ता कुरालाई प्राथमिकतामा राख्दै नागरिकमैत्री भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.