add

जसपाको भागमा चार मन्त्रालय‚ मन्त्री चयनको जिम्मा पार्टी अध्यक्षलाई






ActPro Nepal

|

१९ असोज, २०७८

|
767

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन चार मन्त्रालय पाएको छ । सत्तारुढ गठबन्धनको बैठकबाट मन्त्रालयको भागबण्डा टुंगिएपछि अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले चार मन्त्रालय पाएको जानकारी पार्टीमा गराएका हुन् । 

जसपाले मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई दिएको छ । तर, उनले बुधबार बस्ने गरी कार्यकारिणी समितिको बैठक बोलाएका छन्।

जसपाको भागमा भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास मन्त्रालय,  वन तथा वातावरण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको हो । 

जसपाबाट मन्त्रीका महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, प्रदीप यादव रेणु यादव,  इस्तियाक राईसहितका सांसद मुख्य दाबेदार छन् । 

उपप्रधानमन्त्री नपाएपछि अध्यक्ष यादव सरकारमा सहभागी नहुने भएका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.