add

महाधिवेशनले कार्यकर्तामा नयाँ ऊर्जा थपेको छ: सहमहामन्त्री डा महत






ActPro Nepal

|

१९ असोज, २०७८

|
747

काठमाडौं ।  नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको १४औँ महाधिवेशनले कार्यकर्तामा अपूर्व उत्साह र ऊर्जा थपेको बताएका छन।

काठमाडौँ क्षेत्र नं ५ र नुवाकोटका वडा तथा पालिका अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यको सम्मानमा आयोजित एक कार्यक्रममा उनले पार्टीको अधिवेशनले कार्यकर्तामा उत्साह र ऊर्जा थपेको बताएका हुन्। 

“यो अधिवेशनको उत्साह र ऊर्जाले आउँदो निर्वाचनमा कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउने सङ्कल्प पूरा गर्न थप प्रेरित गरेको छ”, सहमहामन्त्री डा.महतले भने। पार्टीका सम्पूर्ण साथीमा देखिएको उत्साहले कांग्रेसलाई वैचारिकरुपमा सवल, सङ्गठित, अनुशासित र लोकप्रिय बनाएर आगामी निर्वाचनमा अत्यधिक बहुमतले विजयी बनाउने साझा सङ्कल्प पूरा गर्ने आत्मविश्वास बढाएको  सहमहामन्त्री डा. महतको भनाइ छ।  

उनले नेपाली कांग्रेस नेपालमा राणाशासनको अन्त्यदेखि पञ्चायत हुँदै आजसम्म लोकतन्त्रका लागि लडेको पार्टी भएको स्मरण गर्दै अहिले पनि देशमा लोकतन्त्रलाई बलियो बनाउन नेपाली नागरिकले कांग्रेसको नेतृत्वको सरकार रोजेको बताए । 

उनले कांग्रेसको १४औँ महाधिवेशनको क्रममा वडा, गाउँ/नगर, क्षेत्र र जिल्ला अधिवेशनमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका पदाधिकारी र क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधिलाई बधाई ज्ञापन गरे। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.