add

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ






ActPro Nepal

|

१८ असोज, २०७८

|
512

काठमाडौं ।  कंग्रेस आईका महासचिव प्रियंका गान्धीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको घटनाका पीडित परिवारलाई भेट्न जाने क्रममा प्रहरीले सीतापुरको हरगाउँबाट नियन्त्रणमा लिएको युथ कांग्रेसका अध्यक्ष श्रीनिवासले जानकारी दिएका छन् । प्रियंकालाई सेकन्ड बटालियन गेस्ट हाउसमा राखिएको छ ।

लखीमपुरको तिकुनिया क्षेत्रमा आइतबार दिउँसो किसान र भारतीय जनता पार्टी (भाजपा) कार्यकर्ताबीच हिंसात्मक झडप भएको थियो । झडपमा ८ जनाको मृत्यु भएको छ ।

तिकुनियामा आयोजित कुस्ती कार्यक्रममा सहभागी हुन उपमुख्यमन्त्री केशव प्रसाद मौर्य र केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्रा टेनी आउने क्रममा कृषि कानुनको विरोधमा कालो झण्डा देखाइरहेका किसान र भाजपाका कार्यकर्ताबीच झडप भएको थियो ।

झडपका क्रममा मन्त्री मिश्राका छोरा आशिष मिश्राले किसानमाथि कार चढाएको आरोप लागेको छ । तिकुनिया मन्त्री मिश्राको गृहनगर हो ।

झडपमा मारिएका चार जना किसान र चार जना भाजपा कार्यकर्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनाका आरोपी राज्यमन्त्रीका छोराविरुद्ध उजुरी दर्ता भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.