add

कांग्रेस महाधिवेशन : काठमाडौं महानगरपालिकाको मतदान आज हुने






ActPro Nepal

|

१७ असोज, २०७८

|
641

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान आज ९ बजेदेखि १ बजेसम्म हुने भएको छ।

महानगर कार्यसमितिका सभापति १, उपसभापति २, सचिव २ र सहसचिव २ पदका लागि निर्वाचन हुने भएको हो ।

सभापतिमा संस्थापन पक्षबाट प्रगतिमान रञ्जित र इतर समूहबाट नीलकाजी शाक्य प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा–कृष्णप्रसाद सिटौला र नेता प्रकाशमान सिंह–गगन थापा पक्षबीच प्रतिस्पर्धा हुने भएको हो । देउवा पक्षसँग मिलेर सिटौला निकट केन्द्रीय सदस्य भिमसेन दास प्रधानले गठबन्धन बनाएका छन् ।

देउवा पक्षका उम्मेदवार रञ्जितको टिमबाट उपसभापतिमा सुविरनाथ खनाल र भरत तन्दुकार, सचिवमा सम्झना भट्टराई र रमेश उप्रेती, सहसचिवमा इन्द्ररत्न बज्रचार्य र मुना सिटौला प्रतिस्पर्धामा छन् । त्यस्तै, सिंह पक्षका शाक्यको समूहबाट उपसभापतिमा सन्तकुमार महर्जन र सुशील ढकाल, सचिवमा सुसन वैद्य र पुरुषोत्तम खकुरेल, सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर प्रतिस्पर्धामा छन् ।

यसअघि शनिबार उद्घाटन सत्रपछि निर्वाचन प्रक्रिया सुरु भए पनि मतदानका लागि समय अपुग भएपछि आज बिहान ९ बाट १ बजेसम्म मतदान गर्ने सहमति भएको थियो । कार्यसमितिका सदस्यहरु भने सर्वसम्मत चयन भएका छन् । योसँगै देशको सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरमा कांग्रेसले दुई दशकपछि सभापति चयन गर्न लागेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.