add

१४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी छः नेता सिंह






ActPro Nepal

|

१६ असोज, २०७८

|
1562

काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन्।

कांग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। शनिबार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उनले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई अब पनि निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने तर्क समेत गरे। नेता सिंहले भने, ‘लिडरसिप परिवर्तन गर्नुपर्छ यो महाधिवेशनमा पार्टीलाई शुद्धिकरण गर्न र सुदृढ गर्न। अवसर पाएर पनि काम गर्न नसक्नेलाई फेरी गुणगान भएर त्यही चाहिन्छ भन्नु कति सान्दर्भिक हुन्छ । अब कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ। नत्र भने राम्रो हुँदैन।’  

नेता सिंहले पार्टी सभापतिमा आफ्नो दावी रहेको पनि बताए। उनले सभापतिमा आफू कुन कारणले अयोग्य छु ? भनेर कन्भिन्स गर्न पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रश्न गरे। 

कार्यक्रममा बोल्दै कांग्रेस युवा नेता गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढ्न पनि कांग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने आवश्यक्ता औंल्याए। उनले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन, कोहीसँग मिलेर होइन एक्लै सात कम्युनिष्टहरु एक भएर आएपनि आगामी निर्वाचनमा जित्नुपर्ने अवस्था कांग्रेसको रहेकाले सोही अनुसार कांग्रेसलाई शुद्ध र सुदृढ बनाउन आफूहरु लागि परेको बताउए। 

नेता थापाले भने, ‘कोहीसँग मिलेर होइन्, सात कम्युनिष्ट एक भएर आए भने पनि जित्ने तागतका साथ आगामी महाधिवेशनले नेतृत्व चयन गर्नुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसलाई छोटो समयमा शुद्ध र सुदृढ गर्न आवश्यक हुन्छ।’

नेता थापाले नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दावीसमेत गरे। उनले मुलुकलाई कम्युनिष्टहरुको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको दोहोर्याए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.