add

नागरिकको जीवन रक्षा सरकारले पहिलो प्राथमिकता : गृहमन्त्री






ActPro Nepal

|

१४ असोज, २०७८

|
572

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । 

गृहमन्त्री खाँणले बुधबार ठमेल पर्यटन व्यवसायीहरुसँगको छलफलमा कोभिड–१९ को संक्रमणले मृत्यु हुनु भएन भनेर सरकारले खोपलगायतका व्यवस्थालाई चुस्त बनाएको पनि स्पष्ट पारे । उनले पर्यटन व्यवसायलाई सहज ढंगले संचालन गर्ने वातावरण बनाउन सरकारले पर्यटन व्यवसायीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको पनि स्मरण गराए ।

उनले भने, ‘कुनै पनि नेपालीको अकालमा मृत्यु हुनु भएन । अकाल मृत्युबाट नागरिकलाई कसरी रक्षा गर्ने अहिलेको सरकारको सबैभन्दा मूल फोकस नै यही हो । कोभिड– १९ को संक्रमणले पनि कसैले मृत्यु हुनु भएन । दूर्घटनामा पनि कसैको मृत्यु हुनु भएन । एक आपसमा हानहानले पनि कसैको मृत्यु हुनु भएन । कुनै पनि कारणले नागरिकको अकालमा मृत्यु हुन्छ भने हामी सबैलाई त्यसको पीडा हुन्छ ।’

गृहमन्त्री खाँणले ठमेललगायतका पर्यटन व्यवसायीहरुको व्यवसाय सहज ढंगले संचालनका लागि सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको पनि बताए । छलफलमा पर्यटन व्यवसायीहरूले पर्यटन व्यवसाय पूर्ण रुपमा संचालनका लागि आवश्यक व्यवस्था मिलाउन गृहमन्त्री खाँणको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले कोभिड १९ का थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन सरकारले आवश्यक वातावरण बनाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.