add

एमसीसी अनुमोदन गर्नुपर्छ, पाँच दलीय गठबन्धन टुट्दैन: पूर्वप्रधानमन्त्री भट्टराई






ActPro Nepal

|

१४ असोज, २०७८

|
930

लमजुङ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउनुपर्ने बताएका छन् ।

लमजुङको सदरमुकाम बेँसीशहरमा बुधबार आयोजना गरिएको जसपाको संगठन सुदृढीकरण जनजागरण अभियानलाई सम्बोधन गर्दै डा.भट्टराईले एमसीसीमा राष्ट्रिय सहमति गरेर छिटो अनुमोदन गर्नुपर्ने बताएका हुन् ।

डा.भट्टराईले एमसीसी जस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको समेत बताए । 'एमसीसीको विषय अहिले पेचिलो रूपमा उठेको छ', उनले भने, 'यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ ।'

अर्को एक प्रसंगमा पूर्वप्रधानमन्त्री भट्टराईले पाँच दलीय गठबन्धनको सरकारले निर्वाचन गराउने र यो गठबन्धन नटुट्ने बताए । उनले संविधान र राष्ट्रको रक्षाका लागि निर्माण भएको गठबन्धनमा कुनै पनि विवाद नरहेकाले नटुट्ने दाबी गरे । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.