add

तेजाव नियमनसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय






ActPro Nepal

|

११ असोज, २०७८

|
681

काठमाडौं । सरकारले समाज कल्याण परिषद्का पदाधिकारीहरूले दिएको राजीनामा स्वीकृत गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परिषद्का पदाधिकारीहरूले दिएको सामूहिक राजीनामा स्वीकृत गरेको हो ।

परिषद्का उपाध्यक्ष पद्मप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खाती र सदस्यहरू मणिराम वन्जाडे, गोविन्द शाही, नानीमाया थापा, ब्रम्हध्वोज गुरुङ र सुशील ज्ञवालीले शुक्रबार राजीनामा थिएका थिए । अहिलेको सरकारले काम गर्न असहयोग गरेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गरेको जानकारी दिए । त्यस्तै बैठकले तीन वटा विधेयकलाई संसदमा दर्ता गर्न स्वीकृति प्रदान गरेको छ ।

मन्त्री कार्कीका अनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिको पद तथा गोपनियता सम्बन्धी विधेयक, तेजाव नियमन सम्बन्धी विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी ऐन संशोधन सम्बन्धी विधेयक दर्ता गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको अध्यक्ष नियुक्त गरेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.