add

नेकपा एमालेको विधान महाधिवेशन असोज १५ गतेबाट हुने






ActPro Nepal

|

११ असोज, २०७८

|
1057

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन १५ असोजबाट हुने भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा करिब ५ हजार प्रतिनिधिले देशभरबाट भाग लिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । विधान महाधिवेशनमा केन्द्रीय समितिबाट पारित तीन वटा प्रतिवेदनहरु पेस हुनेछन् ।

आइतबार सकिएको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेश गर्नेगरी तीन वटा प्रतिवेदन पारित गरेको छ । जसमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठन निर्माणसँग सम्बन्धित प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित भएको छ । विधान महाधिवेशन ३ दिनसम्म चल्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.