add

महामन्त्रीमा उम्मेदवारी घोषणापछि देउवासँग विश्वप्रकाशको छलफल






ActPro Nepal

|

८ असोज, २०७८

|
658

काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै आसन्न महाधिवेशनमा महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको जानकारी गराएका छन् ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर महाधिवेशनको तयारीसँगै आफ्नो उम्मेदवारी घोषणाको विषयमा समेत जानकारी गराएको बताएका छन् ।

उनले तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गर्न प्रधानमन्त्री देउवालाई सुझाएका छन् । 

प्रवक्ता शर्माले उक्त अध्यादेश पारित गर्दै अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने सुझाव दिएको जानकारी दिएका हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.