काठमाडौं । शोधनान्तर स्थिति रु. ३८ अर्ब ७५ करोडले घाटामा रहेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८÷८९ को पहिलो महीना ९साउन० मा शोधनान्तर स्थिति रु. ३८ अर्ब ७५ करोडले घाटामा गएको हो।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.५१ अर्ब ४६ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता रु.४७ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२४ अर्ब ८९ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ७७ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २४ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३८.० प्रतिशतले कमी आई रु.६७ करोड ९७ लाख रहेको छ । भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले कमी आई रु.४८ करोड ६ लाख कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब १० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ३९ करोड रहेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।