काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा बैठकको आज बिहीबार बस्दैछ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा चालु आर्थिक वर्ष २०७८/७९ को बजेटसँगसम्बन्धित दुई वटा विधेयक पारित गर्ने सम्भावित कार्यसूची छ ।
बिहीबारको संसद बैठकमा आर्थिक विधेयक २०७८ माथि छलफल गरेर प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिनेछ ।
अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक विधेयक २०७८ पारित गरियोस्’भनि प्रस्ताव गर्नेछन् । राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधन र पारित गरियोस् भन्ने प्रस्ताव पनि बिहीबार नै पेस हुनेछ ।
सत्तापक्षले विधेयक अगाडि बढाइरहे पनि प्रमुख प्रतिपक्षी एमाले भने सदनमा नाराबाजी गर्दै आएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।