add

कुलमानविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार






ActPro Nepal

|

५ असोज, २०७८

|
1537

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको एकल इजलासले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

रिट निवेदक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्ति गैरकानुनी भन्दै उनलाई काम गर्न नदिन अन्तरिम आदेशको माग गरेका थिए । तर, अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । 

यद्यपि, अदालतले सरकारसँग कारण देखाऊ आदेश भने माग गरेको छ । 

शेरबहादुर देउवा नेतृत्वका सरकार बनेलगत्तै करिब दुई महिनाअघि कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्त दिइएको थियो ।

यसविरुद्ध तत्कालीन कार्यकारी निर्देशक शाक्यले सर्वोच्च अदालतमा दायर रिट दायर गरेका थिए ।  उक्त रिटलाई प्रधानन्यायाधीश जबराले आफ्नै एक नम्बर इजलासमा राखेका थिए ।

यसअघि पनि यो रिट प्रधानन्यायाधीश जबराले आफ्नै इजलासमा राखेका थिए तर सुनुवाइ भने हुन सकेको छैन ।

निवर्तमान कार्यकारी निर्देशक शाक्यले कुलमानको नियुक्ति बदरको माग गर्दै ३२ साउनमा  सर्वोच्चमा रिट दायर गरेका थिए ।

कुलमानले आफ्नो चार वर्षे कार्यकालमा लोलसेडिङ अन्त्य गर्न सफल भएका थिए । त्यसैले दोस्रो कार्यकालका लागि पनि उनैलाई नियुक्ति गर्नुपर्ने जनस्तरमा माग उठेको थियो ।

तर, केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई नियुक्त गरेको हो । 

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.