add

सानिमा बैंकले ल्यायो दशैंको अवसरमा बम्पर योजना, के के छन् सुविधा ?






ActPro Nepal

|

२ असोज, २०७८

|
928

काठमाडौं ।  सानिमा बैंक लिमिटेडले ग्राहकहरूको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ । बैंकले हिन्दु नेपालीहरूको पर्व दशैंको अवसरमा विशेष योजना सार्वजनिक गरेको हो । 

असोज १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिने बैंकले जनाएको ।

खाता खोल्दा पहिलो वर्षका लागि डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिनेछ ।

यसका साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु १० लाख सम्मको दुर्घटना बीमा, रु.३ लाख बराबरको घातक रोगको बीमा, रु. ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक रु  ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकहरूलाई  प्रदान गरिने छ । 

सानिमा बैंकको वेबसाइटमा लगइन गरेर पनि खाता खोल्न सकिने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.