add

कर्जा लगानीमा आक्रामक बन्दै विकास बैंकहरू, एक सातामै ३ अर्ब १४ करोड ऋण लगानी






ActPro Nepal

|

२९ भदौ, २०७८

|
684

काठमाडौं । विकास बैंकहरूले पछिल्लो एक सातामा निक्षेप संकलन तथा कर्जा प्रवाहमा आक्रमक बनेका छन् ।

डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साता (भदौ १९-२५ गते) मात्र विकास बैंकहरुले ३ अर्ब १४ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो सोही अवधिमा संकलन गरेको निक्षेपको तुलनामा ४ गुणा बढी हो ।

तरलता अभावका बाबजूद विकास बैंकहरुले उल्लेख्य मात्रका ऋण लगानी गरेका हुन् ।

गत सातामा विकास बैंकहरुले जम्मा ७३ करोड निक्षेप संकलन गरेका छन् । एक साताको अवधिमा १५ वटा विकास बैंकहरुले ७३ करोड १४ लाख रुपैयाँ निक्षेप थपेका हुन् ।

गत साता राष्ट्रिय स्तरका विकास बैंकहरुको निक्षेप संकल ०.२४ प्रतिशतले वृद्धि भएको छ भने कर्जा विस्तार ०.७९ प्रतिशतले बढाउन सफल भएका छन् । यसैगरी सोही अवधिमा क्षेत्रिय स्तरका विकास बैंकको निक्षेप ०.३५ प्रतिशतले घटेको छ भने कर्जा ०.३८ प्रतिशतले बढेको छ ।

भदौ २५ गतेसम्म राष्ट्रिय स्तरका विकास बैंकहरुले ४ खर्ब १७ अर्ब ३६ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंकहरुले कर्जा भने ३ खर्ब ६८ अर्ब ८० करोड ५० लाख रुपैयाँ प्रवाह गरेको तथ्याङकले देखाएको छ ।

एक साताको अवधिमा क्षेत्रीस्तरका विकास बैंकको निक्षेप संकलन २५ करोड २५ लाख रुपैयाँले घटेको छ । यता कर्जाको माग भने क्षेत्रीस्तरका विकास बैंकमा पनि निकै देखिएको छ । एक साताको अवधिमा क्षेत्रीस्तरका बैंकमा कर्जाको माग २५ करोड ८२ लाख रुपैयाँले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक, साहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्याङक भने राखिएको छैन । १० मध्ये ७ वटाको तथ्यांक अनुसार ७१ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन भएर कर्जा लगानी भने ६७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

एक साताको अवधिमा १५ वटा बैंकको निक्षेप ७३ करोड १४ लाख रुपैयाँले बढेर ४ खर्ब ८९ अर्ब २८ करोड १२ लाख रुपैयाँ पुगेको छ । यस्तै कर्जाको माग ३ अर्ब १४ करोड ९९ लाख रुपैयाँले बढेर ४ खर्ब ३६ अर्ब २३ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.