add

उपद्रो नेतृत्वको सत्ता लिप्साले पार्टीको महाधिवेशन अनिश्चित बन्यो– रामचन्द्र पौडेल






ActPro Nepal

|

२८ भदौ, २०७८

|
1344

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उपद्रो नेतृत्वको सत्ता लिप्साले पार्टीको १४औं महाधिवेशन अनिश्चित बनेको बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले काठमाडौंमा गरेको ‘नीति र नेतृत्व’ विषयक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले नेताको सत्ता लिप्साका कारण कांग्रेस महाधिवेशन अनिश्चित बनेको बताएका हुन ।

‘आधुनिक युगमा नेपाललाई ल्याउने पार्टी आज नेताको सत्ता लिप्साका कारण यस्तो स्थिति आएको छ,’ उनले भने, ‘यो लोकतन्त्रको नेतृत्व हुन सक्दैन ।’

पौडेलले लोकतन्त्रलाई असुरक्षित पार्ने काम नेताहरूबाट भएको र त्यस्ता नेताहरूले देशलाई भड्खालोमा हालेको समेत टिप्पणी  गरे । लोकतन्त्रमाथि प्रहार गर्ने नेताहरू नेपालमा भएको बताउँदै उनले कार्यकर्ताले नेताको सही मूल्याङ्कन नगर्दा उपद्रो गर्ने नेताहरूको जन्म भएको बताए ।

नेपाली कांग्रेसमा पनि उपद्रो गर्ने नेतृत्व भएको र उनकै कारण पार्टीको महाधिवेशन अनिश्चित बनेको टिप्पणी गरे । ‘त्यस्ता उपद्रो नेतृत्व कांग्रेसमा पनि छन्,’ उनले  भने, ‘जसका कारण पार्टीको महाधिवेशन अनिश्चित बनेको छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.