add

ग्लोबल आईएमई बैंकको कर्जा जोखिम न्यून






ActPro Nepal

|

२४ भदौ, २०७८

|
883

काठमाडौं। ग्लोबल आईएमई बैंकको कर्जा जोखिम न्यून रहेको देखिएको छ । नेपाल स्थित रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङमा बैंकको स्तरवृद्धि देखिएको छ ।

इक्रा नेपालले जारी कर्ता रेटिङलाई (आईसीआरएएनपी–आईआर) ए माइनसबाट (आईसीआरएएनपी–आईआर) ए तथा हाल विद्यमान ऋणपत्रको रेटिङमा पनि आईसीआरएएनपी एलए माइनसबाट एलएमा स्तर बृद्धि गरेको हो । यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पुरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ । 

बैंकको पर्याप्त तरलता तथा पुँजीकोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय संजाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, संचालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा यस बैंकको रेटिङको स्तर वृद्धि देखिएको हो ।    


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.