काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे के गर्ने भन्ने विषयमा आफ्नै सांसदको प्रश्नमा चर्काे स्वर गरेका छन् ।
मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीबारे के गर्ने भनेर प्रश्न गरेपछि झर्किदै एमसीसी बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिए ।
उनले भने, ‘एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् । नबुझिकन भ्रम छर्ने काम नगर्नुस् ।’
त्यसपछि प्रधानमन्त्री देउवाले केपी ओली नेतृत्वको सकारले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउने निर्णय गरेको पनि सुनाए । साथै, उनले एमसीसी सहयोग प्रतिस्पर्धाबाट प्राप्त अनुदान भएको पनि बताए ।
सम्झौता गर्दा सर्तहरु र त्यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको हुने उनले बताएका छन् । उनका अनुसार एमसीसीबारे अनावश्यक भ्रम फैलाउने काम बन्द गरौँ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।