add

महामन्त्री बन्न सिटौलाको साथ छोड्दै गगन रामचन्द्रको समूहमा






ActPro Nepal

|

१७ भदौ, २०७८

|
1308

काठमाडौं । नेपाली काङ्ग्रेसको १३ औ महाधिवेशनमा कृष्ण प्रसाद  सिटौलाको समूहबाट महामन्त्रीमा उम्मेदवारी  दिएर पराजित भएका गगन थापाले समूह बदलेका छन्। पार्टीको १४ औ महाधिवेशनमा पुन महामन्त्री पदमा उम्मेदवारी  दिने घोषणा गरेका थापा रामचन्द्र पौडेल समूहतिर लागेका हुन्।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको समूहले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा थापा मञ्चमै बसेका थिए। देउवाविरुद्ध एकल उम्मेदवारको चयन गर्न नसके पनि पौडेल समूहले सहमतिमा एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने कार्यक्रममा दाबी गरेको छ।

वडा अधिवेशनको अघिल्लो दिन एकताको सन्देश दिन आयोजित पत्रकार सम्मेलनमै मञ्चमा सभापतिका चार आकाङ्क्षी बसेका थिए। मञ्चमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै वर्तमान महामन्त्री शशाङ्क कोइराला, नेता प्रकाशमान सिंह तथा शेखर कोइराला थिए। मञ्चमै देउवा प्यानलबाट महामन्त्री बनेर पराजित भएका अर्जुननरसिंह केसी समेत थिए।

देउवा क्याम्प छाडेर सभापतिको उम्मेदवारीको तयारी गरिरहेका विमलेन्द्र निधि पत्रकार सम्मेलनमा गएनन्। अर्का नेता कृष्णप्रसाद सिटौला पनि थिएनन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.