काठमाडौं । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना दिँदै् प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य भएको बताएका छन्।
प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा नेपालका मौलिक पर्वले विभिन्न जातजाति, क्षेत्र र समुदायलाई एकसूत्रमा बाँध्दै आएको उल्लेख गरेका छन्।
श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धिसँगै धार्मिक सहिष्णुता, सद्भाव र भाइचारका लागि प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।