add

के कोरोना खोप लगाएपछि कुनै असर देखिएन भने खोप काम गर्दैन?






ActPro Nepal

|

४ भदौ, २०७८

|
881

काठमाडौं । खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम गर्दैन भन्ने धारण गलत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

सूचना प्रकाशन गर्दै मन्त्रालयले खोपले दिने सुरक्षा र खोपको असर बीच कुनै प्रत्यक्ष सम्बन्ध नभएको बताएको हो ।

मन्त्रालयले सूचनामा भनेको छ, ‘कोभिड-१९ को खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम नै गर्दैन् होला भन्ने कुरा भ्रम हो । खोप लगाएपछि कुनैपनि असर नदेखिने कुरालाई खोपको प्रभावकारितासंग जोडेर हेर्न मिल्दैन । कोभिड-१९ विरुद्धको खोप लगाएपछि केही असर कसैमा देखिने र कसैमा नदेखिने हुन्छ । दुवै अवस्थामा खोपले काम गर्छ ।’



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.