add

वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार,कुन बैंक कति नाफामा ?






ActPro Nepal

|

१ भदौ, २०७८

|
1601

काठमाडौं ।  चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । 

विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीले अर्थतन्त्रमा असर पारेपनि वाणिज्य बैंकहरुमा नाफामा भने सुधार आएको हो । गत आर्थिक वर्षमा सबैभन्दा बढी मुनाफा कमाउने पहिलो नविबल बैंक बनेको छ। नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५० करोड मुनाफा गरेको छ। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको थियो। 

त्यस्तै, दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा ४ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ९१ करोड थियो। 

सबैभन्दा बढी मुनाफा गर्ने तेस्रो नम्बरमा सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक रहेको छ। राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ७९ करोड ५४ लाख ७८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ३७ करोड ७३ लाख १६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

धेरै मुनाफा गर्ने बैंकहरूमा क्रमशः कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम कमर्सियल बैंक रहेका छन्।  सबैभन्दा कम नाफा सिभिल र सेञ्चुरी बैंकको छ। सिभिलको ५५ करोड ९३ लाख रुपैयाँ छ भने सेञ्चुरीको ७५ करोड रुपैयाँ छ। त्यस्तै , एसबीआइको पनि नाफा घटेको छ। बैंकको नाफा ९६ करोड ९ लाख रुपैयाँ छ। बाँकी सबैको नाफा अर्बमाथि छ। गत आर्थिक वर्षमा २२ बैंकको नाफा बढेको छ भने बाँकी ५ वटा बैंकको नाफामा गिरावट आएको छ।

गत आर्थिक वर्षमा ४ अर्ब बढी नाफा कमाउने नबिल बैंक र ग्लोबल आइएमई बैंक रहेका छन्। तीन अर्बभन्दा धेरै नाफा भएका बैंक ६ वटा छन्, जसमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक,  प्राइम बैंक, एनआइसी एसिया बैंक र नेपाल बैंक रहेका छन्। आठ बैंकको नाफा दुई अर्बभन्दा माथि रहेको छ भने आठ बैंकको नाफा एक अर्बभन्दा माथि छ। बाँकी तीन बैंकको नाफा करोडमा मात्रै सीमित रहेको छ।

गत आर्थिक वर्ष २०७७\७८ मा २७  वटा वाणिज्य बैंकहरुले खुद नाफा ६३ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। त्यस्तै, वाणिज्य बैकहरूको प्रति सेयर आम्दानीमा पनि नबिल नै सबैभन्दा अगाडि छ। यसपछि कृषि विकास बैंक छ। खराब ऋण कम हुनेमा एभरेष्ट बैंक छ। 

एक प्रतिशतभन्दा कम खराब ऋण हुनेमा स्ट्यान्डर्ड चार्टर्ड, नबिल, माछापुच्छे«, हिमालयन, एनआइसी एसिया र नेपाल एसबीआइ बैंक छ। बढी हुनेमा राष्ट्रिय वाणिज्य बैंक ३.०७ प्रतिशत रहेको छ। 

तर, यो वर्ष बैंकहरुको आधार दर भने धेरै  घटेको छ। ६ प्रतिशतभन्दा कम आधार दर हुनेमा एभरेष्ट, नबिल, नेपाल इन्भेष्टमेन्ट, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड र  राष्ट्रिय वाणिज्य बैंकको छ। बढी हुने कुमारीको पनि ७.९ प्रतिशत रहेको छ।

यस्तो छ बैंकहरुको वित्तीय अवस्था

१. नबिल बैंक 

नबिलले गत आर्थिक वर्ष २०७७\७८ मा खुद नाफा ३० प्रतिशतले वृद्धि गरेको छ। बैंकले सोमबार वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्ष ४ अर्ब ५० करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको थियो।

बैंकले ग्राहकलाई एक खर्ब ९८ अर्ब ऋण र निक्षेप परिचालन २ खर्ब २३ अर्ब गरेको छ। बैंकको आधार दर ७.३२ बाट ५.८५ प्रतिशतमा आएको छ। ब्याज स्प्रेड एकदमै थोरै बढाएको छ। ३.७३ प्रतिशतको स्प्रेडलाई ३.७९ प्रतिशत पु¥याएको छ। बैंकको प्रति सेयर आम्दानी ३३.४ रुपैयाँ छ। मूल्य आम्दानी अनुपात ४०.६९ गुणा छ।

२.ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकको गत आर्थिक वर्ष २०७७\७८ मा नाफा ४२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको बैंकको वित्तीय विवरण अनुसार ४ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ९१ करोड थियो।

वाणिज्य बैंकहरूमा सबैभन्दा बढी २१ अर्ब ६३ करोड चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकले शेयरधनीलाई वितरण गर्न सक्ने नाफा २ अर्ब ७६ करोड गरेको छ। यस आधारमा ग्लोबल आइएमई बैंकले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिनसक्छ।

६.६० प्रतिशत बेस रेट रहेको ग्लोबल आइएमई बैंकको स्प्रेड ३.५६ प्रतिशत छ। प्रतिशेयर आम्दानी १९.०८ रुपैयाँ छ। असार मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको निक्षेप २ खर्ब ६८ अर्ब छ भने कर्जा २ खर्ब २८ अर्ब छ।

३.राष्ट्रिय वाणिज्य बैंक

गत आर्थिक वर्ष २०७७\७८ मा राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७९ करोड ५४ लाख ७८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष ४ अर्ब ३७ करोड ७३ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। 

बैंकको कायम चुक्ता पुँजी ९ अर्ब १८ करोड ४८ लाख रुपैयाँको आधारमा बैंकले शेयरधनीलाई ४९.२४ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ।

 ४. कृषि विकास बैंक

कृषि विकास बैंकले गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.८९ प्रतिशत बढी हो।

बैंकको खुद ब्याज आम्दानी घटे पनि खुद ट्रेडिङ आम्दानी र अन्य सञ्चालन आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न टेवा पुगेको हो।

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २१.०३ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ५१ करोडबाट घटेर २ करोडमा सीमित भएको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ रहेको छ। हाल बैंकको कायम चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ हो। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १०.५६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।

५.नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७७÷७८ मा ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्ष यो बैंकले २ अर्ब ४२ करोड ३२ लाख रुपैयाँमात्रै मुनाफा आर्जन गरेको थियो। बैंकको यो मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.६९ प्रतिशतले बढी हो। 

यस अवधिमा बैंकको शेयर पुँजी १४ प्रतिशतले, रिजर्भ एन्ड सरप्लस ८७ प्रतिशतले वृद्धि भएको छ। कर्जा १६.१५ प्रतिशत र सर्वसाधारणबाट संकलन हुने निक्षेप ४.९३ प्रतिशतले बढेको छ। बैंकको खुद ब्याज आम्दानी भने ३.२० प्रतिशतले घटेको छ।

६.प्राइम बैंक

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा  ३ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले गत आर्थिक वर्षमा नाफामा ४४.५६ प्रतिशतले बढाएको छ। अघिल्लो आर्थिक वर्षमा प्राइम बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो।

बैंकको ब्याज आम्दानी तथा संचालन आम्दानी बढ्दा नाफा बढेको हो। प्राइम बैंकले खुद ब्याज आम्दानी २८.२६ प्रतिशत तथा खुद फि तथा कमिशन आम्दानी ५६.३२ प्रतिशतले बढाएको छ। ब्याज आम्दानीबाट प्राइमले ५ अर्ब ९५ करोड रुपैयाँ कमाएको छ।

प्राइम बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ। १६ अर्ब ८ करोड चुक्ता पुँजी रहेको प्राइम बैंकको लाभांश क्षमता १६.६२ प्रतिशत छ।

७. एनआइसी एशिया बैंक

एनआइसी एशिया बैंकले एनआइसी एशिया बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २५ करोड नाफा गरेको छ। बैंकले अघिल्लो वर्ष बैंकको नाफा ३ अर्ब ९ करोड थियो ।  बैंकको ब्याज आम्दानी बढे पनि नाफा भने अघिल्लो वर्षको तुलनामा खासै बढ्न सकेको देखिँदैन।

बैंकको खुद ब्याज आम्दानी २१.३४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३५.०४ प्रतिशत घटेको छ। ११ अर्ब ५६ करोड चुक्ता पुँजी रहेको एनआइसी एशियाली बैंकले सेयरधनीलाई बाँड्न मिल्ने १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ गरेको छ। बैंकको प्रतिशेयर २८ रुपैयाँ ११ पैसा रहेको छ। असार मसान्तसम्म एनआइसी एशियाको निक्षेप २ खर्ब ८६ अर्ब छ भने कर्जा २ खर्ब ४८ करोड रहेको छ।

८.नेपाल बैंक 

नेपाल बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो खुद नाफा अघिल्लो वर्षको तुलनामा ४ करोड न्यून रहेको छ। 

बैंकको वितरणयोग्या नाफा २ अर्ब २१ करोड रुपैयाँमात्र रहेको छ। बैंकले खुद ब्याज आम्दानी ५ अर्ब ६१ करोड गरेको छ। अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ६ अर्ब १८ करोड रुपैयाँ थियो।

बैंकले ब्याज आम्दानीबाहेक शुल्क तथा कमिसनबाट गर्ने आम्दानीमा पनि सामान्य गिरावट आएको छ। अघिल्लो वर्षको यही अवधिमा ९९ करोड ३९ लाख आम्दानी गरेको बैंकले यो शीर्षकमा यो वर्ष ७४ करोड ४५ लाखमात्र आर्जन गरेको छ।

बैंकले गत वर्ष १ खर्ब ४२ अर्ब निक्षेप संकलन गरेको छ। कर्जा १ खर्ब ४ अर्ब ऋण लगानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १२ अर्ब बढी हो। ११ अर्ब २८ करोड शेयर पुँजी भएको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६६ पैसा रहेको छ। शेयरको बजार मूल्य २४९ रुपैयाँ रहेको छ।

९.हिमालयन बैंक

हिमालयन बैंकको गत आर्थिक वर्षमा ब्याज आम्दानी घटेको छ। तर, हिमालयन बैंकले सो अवधिमा ३ अर्ब रुपैयाँ नाफा गरेको छ। ब्याज आम्दानी घटे पनि अन्य आम्दानी बढ्दा हिमालयन बैंकले १५ प्रतिशतले नाफा बढाएर गत आर्थिक वर्षमा २ अर्ब ९९ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ५८ करोड थियो।

अघिल्लो वर्ष ४ अर्ब ८२ करोड रहेको हिमालयन बैंकको ब्याज आम्दानी गत वर्ष ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ।  १० अर्ब ६८ करोड चुक्ता पुँजी रहेको हिमालयन बैंकले शेयरधनीलाई बाँड्न मिल्ने नाफा २ अर्ब १६ करोड गरेको छ। हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेको छ असार मसान्तसम्ममा हिमालयन बैंकमा १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा १ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ।

१०. सिद्धार्थ बैंक

सिद्धार्थ बैंकको खुद नाफा ३२.३१ प्रतिशतले वृद्धि भएको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब १४ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको थियो। जुन गत आवमा ६९ करोड २५ लाख रुपैयाँले थप गरी २ अर्ब ८३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

गत आवको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकले १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ। गत आवमा बैंकको कायम चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ हो। सो अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११.१० प्रतिशत लाभांश वितरणको क्षमता राख्छ।

यसैगरी, बैंकले गत आवमा १ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबाट बैंकले ५ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवमा बैंकले ५ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

११. एनएमबी बैंक

एनएमबी बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको छ। गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार एनएमबी बैंकले ५९ प्रतिशतले नाफा बढाएको छ। एनएमबी बैंकको अघिल्लो वर्षको नाफा १ अर्ब ७१ करोड रहेको थियो।

वित्तीय विवरण अनुसार एनएमबी बैंकले असार मसान्तसम्ममा १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा दिएको छ। १६ अर्ब ३२ करोड चुक्ता पुँजी रहेको एनएमबी बैंकको पुँजीकोष अनुपात १५.०९ प्रतिशत छ। बैंकले शेयर धनीलाई बाँड्न मिल्ने नाफा २ अर्ब ३३ करोड रुपैयाँ गरेको छ।

१२. मेगा बैंक

मेगा बैंकले गत वर्षमा ४५ प्रतिशतले नाफा बढेको छ। बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्षमा १ अर्ब ५८ करोड रुपैयाँ नाफा रहेको थियो।

ब्याज आम्दानी तथा कमिसन तथा अन्य सञ्चालन आम्दानी बढ्दा बैंकले ४५ प्रतिशतले नाफा बढाउन सफल भएको हो। मेगा बैंकको गत वर्ष ब्याज आम्दानीबाट ५ अर्ब ८० करोड कमाएको छ, जुन अघिल्लो वर्ष ४ अर्ब १७ करोड थियो। 

१४ अर्ब ६५ करोड चुक्ता पुँजी रहेको मेगा बैंकले शेयरधनीलाई बाँड्न मिल्ने नाफा १ अर्ब ५१ करोड गरेको छ। गत वर्षको नाफाबाट मात्र मेगा बैंकले सेयरधनीलाई १०.४४ प्रतिशत लाभांश दिनसक्छ। मेगा बैंकले असार मसान्तसम्ममा १ खर्ब ३६ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा १ खर्ब ३७ अर्ब छ।

१३.नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ८४.१६ प्रतिशतले नाफा बढाएको छ। बैंकको खुद नाफा २ अर्ब २९ करोड २५ लाख रुपैयाँ भएको जनाएको छ।

बैंकको अघिल्लो आर्थिक बर्ष खुद नाफा एक अर्ब २४ करोड ४८ लाख रुपैयाँ थियो। बैंकले अन्य आम्दानी बढाएर नै नाफामा सुधार गरेको हो। वित्तीय विवरण अनुसार, खुद ब्याज आम्दानी ७.५ प्रतिशतले घटेको छ। बैंकले गत बर्ष खुद ब्याज आम्दानी २ अर्ब ६३ करोड रुपैयाँ मात्र गरेको छ। 

अघिल्लो बर्ष २२ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको बैंकले ६१ कोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ। पछिल्लो त्रैमास अर्थात् वैशाखदेखि असारसम्म ३८ करोड ६६ लाख रुपैयाँ यसैबाट कमाएको छ।

१४.सानिमा बैंक

सानिमा बैंकले गत आर्थिक वर्षमा २८ प्रतिशतले नाफा बढाएको छ। बैंकले गत आर्थिक वर्षको २ अर्ब २७ करोड रुपैयाँ गरेको छ। अघिल्लो वर्ष सानिमा बैंकको नाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो।

सानिमा बैंकको ब्याज आम्दानीबाट ४ अर्ब ५२ करोड कमाएको छ। अघिल्लो वर्ष ४ अर्ब १८ करोड रहेको थियो। ९ अर्ब ६८ करोड चुक्ता पुँजी रहेको सानिमा बैंकको पूँजीकोष अनुपात १३.५४ प्रतिशत छ। गत वर्षको नाफाबाट सानिमा बैंकले शेयर धनीलाई बाँड्न मिल्ने नाफा १ अर्ब ६८ करोड गरेको छ। यस आधारमा सानिमा बैंकको लाभांश क्षमता १७ प्रतिशत देखिन्छ।

असार मसान्तसम्ममा सानिमा बैंकले १ खर्ब २८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १८ अर्ब कर्जा दिएको छ। अघिल्लो वर्ष सानिमा बैंकको निक्षेप १ खर्ब ७ अर्ब थियो भने कर्जा ९० अर्ब थियो।

१५. प्रभु बैंक

प्रभु बैंकले गत आर्थिक वर्षमा ६८ प्रतिशतले नाफा बढाएको छ। प्रभु बैंकले गत आर्थिक वर्षमा २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष प्रभु बैंकको नाफा १ अर्ब १९ करोड रहेको थियो।

बैंकको ब्याज आम्दानी, ट्रेडिङ आम्दानी अघिल्लो वर्षको भन्दा बढेको छ। प्रभु बैंकले ब्याज आम्दानीबाट मात्र ५ अर्ब २ करोड कमाएको छ। ११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले एकवर्षको अवधिमा निक्षेप कर्जा आकार वृद्धि राम्रो देखिएको छ।

असार मसान्तसम्म प्रभु बैंकमा १ खर्ब ६४ अर्ब निक्षेप रहेको छ भने कर्जा १ खर्ब ३५ अर्ब रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्ममा प्रभु बैंकमा १ खर्ब २८ अर्ब निक्षेप तथा ९९ अर्ब कर्जा थियो।

१६.कुमारी बैंक

कुमारी बैंकको गत आर्थिक वर्षको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा बैंकको खुद नाफा ७२.७३ प्रतिशतले बढेर २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसले १ अर्ब १५ करोड ८५ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। 

वितरणयोग्य नाफा पनि ५३.४९% ले बढेर १ अर्ब ९ करोड ४२ लाख ६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वितरणयोग्य नाफा ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ थियो। 

गत आवमा १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ हो। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ७.८८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ। 

खुद ब्याज आम्दानी ४६.५६ प्रतिशतले बढेर ५ अर्ब २३ करोड ६९ लाख ५५ हजार रुपैयाँ पुगेको छ । 

१७. एभरेष्ट बैंक

एभेरेष्ट बैंकको खुद नाफा २७.३४ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ६८ करोड ७९ लाख रुपैयाँले घटेर १ अर्ब ८२ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आवमा बैकले २ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आवको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ५८ करोड २० लाख रुपैयाँ रहेको छ। सो अवधिमा बैंक चुक्ता पुँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ कायम छ। सो आधारमा बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ४०.०९ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ।

बैंकले सो अवधिमा १ खर्ब ६० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबाट बैंकले ३ अर्ब ९६ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

१८.माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६३ करोड नाफा गरेको छ। अघिल्लो वर्षको भन्दा २७ प्रतिशतले नाफा बढाएको छ। अघिल्लो वर्ष बैंकले नाफा १ अर्ब २६ करोड थियो ।

९ अर्ब ५ करोड चुक्ता पूँजी रहेको माछापुच्छ्रे बैंकले शेयरधनीलाई बाँड्न मिल्ने नाफा १ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको छ। बैंकले असार मसान्तसम्ममा १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १३ करोड रुपैयाँ कर्जा दिएको छ। अघिल्लो वर्षको असार मसान्तसम्ममा माछापुच्छे« बैंकमा १ खर्ब ४ अर्ब थियो भने कर्जा ९२ अर्ब थियो।

१९. सिटिजन बैंक 

सिटिजन बैंकले गत आर्थिक वर्ष २०७६\७७ मा १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा न्यून भएको हो। उच्च नोक्सानी व्यवस्थापनका लागि खर्च गर्नुपर्दा नाफामा गिरावट आएको बैंकले प्रष्ट पारेको छ। बैंकले अघिल्लो वर्ष १ अर्ब ४६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

बैंकको वितरणयोग्य नाफा भने ८२ करोड ४० लाख रुपैयाँमात्र छ। २५ प्रतिशतले निक्षेप बढाएर ८८ अर्ब संकलन गरेको बैंकले २५ प्रतिशतले नै बढाएर ७९ अर्ब ऋण परिचालन गरेको छ। बैंकको ब्याज आम्दानी ७ प्रतिशतले बढेको छ। ८ प्रतिशत बढाएर ९ अर्ब ८ करोड चुक्ता पुँजी पु¥याएको बैंकको प्रतिशेयर आम्दानी १२.२८ रुपैयाँ रहेको छ।

२०. लक्ष्मी बैंक 

लक्ष्मी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा ९.२० प्रतिशतले नाफा बढाएको हो। अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ४१ करोड रहेको थियो।

लक्ष्मी बैंकको ब्याज आम्दानी भने घटेको छ। अघिल्लो वर्ष ३ अर्ब ४६ करोड रहेको ब्याज आम्दानी गतवर्ष ३ अर्ब २१ करोडमा झरेको छ। कमिसन तथा अन्य संचालन आम्दानी बढ्दा बैंकले गतवर्षको भन्दा नाफामा केही सुधार गरेको छ।

१० अर्ब ६९ करोड चुक्ता पूँजी रहेको लक्ष्मी बैंकले गतवर्षको नाफाबाट शेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब गरेको छ। असार मसान्तसम्ममा लक्ष्मी बैंकसँग १ खर्ब १४ अर्ब रहेको छ भने कर्जा १ खर्ब ६ करोड रहेको छ।

२१. बैंक अफ काठमाडौं

बैंक अफ काठमाडौंको नाफामा गिरावट आएको छ। गत वर्षको वित्तीय विरणअनुसार बैंकले अघिल्लो वर्षको तुलनामा २२ प्रतिशत न्यून नाफा आर्जन गरेको छ।

बैंकले गत आवमा १ अर्ब ४७ करोड नाफा कमाएको छ। अघिल्लो वर्ष १ अर्ब ८९ अर्ब नाफा आर्जन गरेको थियो।  बैंकले खुद ब्याज आम्दानी गएको वर्ष ३ अर्ब ५९ करोड गरेको छ। 

अघिल्लो वर्ष बैंकले ३ अर्ब ७७ करोड यो शीर्षकमा कमाएको थियो। बैंकको बितरणयोग्य नाफा भने ८८ करोड मात्र रहेको छ। प्रतिशेयर आम्दानी १७ रुपैयाँ २६ पैसा रहेको छ।

२२. सनराइज बैंक

सनराइज बैंकले गत आर्थिक वर्षमा १६.३९ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ३५ करोड थियो ।

बैंकको खुद ब्याज आम्दानी ८.७७ प्रतिशतले घटेको छ भने नेट फि तथा कमिशन आम्दानी ११.८३ प्रतिशत बढेको छ। बैंकले गतवर्ष ब्याज आम्दानीबाट ३ अर्ब ५२ करोड कमाएको छ भने कमिसनबाट ९६ करोड आर्जन गरेको छ।

९ अर्ब ४८ करोड चुक्ता पूँजी रहेको सनराइज बैंकले शेयर धनीलाई वितरण गर्ने नाफा ६० करोड गरेको छ। असार मसान्तसम्ममा सनराइज बैंकको निक्षेप १ खर्ब ६ अर्ब र कर्जा १ खर्ब ४ अर्ब रहेको छ।

२३.स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकले नाफा गत वर्षको १८.५१ प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक वित्तीय विरणअनुसार २ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले यस्तो नाफा ३ अर्ब ४७ करोड कमाएको थियो।

खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ०.२ प्रतिशतले घटेर ३ अर्ब ५१ करोडमा सिमित भएको छ। शुल्क तथा कमिसनमा १६ प्रतिशतले न्यून आय गरेको बैंकको जोखिम व्यवस्थापन जगेडा भने तीन गुणाले बढेको छ।

बैंकको वितरयोग्य नाफा १ अर्ब ५१ करोड रहेको छ। बैंकको खराब कर्जा बढेर ०.४४ प्रतिशत पुगेको छ। ८ अर्ब १ करोड चुक्ता पुँजी स्थिर रहेको बैंकको जगेडा भने ९ प्रतिशतले बढेर ५ अर्ब ५६ करोड पुगेको छ।

२४.एनसीसी बैंक

नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकले साढे १५ प्रतिशतले नाफा बढाएको छ। गत आर्थिक वर्षके वित्तीय विवरण अनुसार १ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष एनसीसी बैंकको नाफा १ अर्ब १० करोड रहेको थियो ।

चुक्ता पूँजी १० अर्ब ३१ करोड रहेको एनसीसी बैंकले शेयरधनीलाई बाड्न मिल्ने नाफा ७१ करोड ४७ लाख रुपैयाँ गरेको छ।

असार मसान्तसम्ममा एनसीसी बैंकले १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा ९४ अर्ब कर्जा दिएको छ। अघिल्लो वर्षको असार मसान्तसम्ममा एनसीसी बैंकको निक्षेप ७२ अर्ब रहेको छ भने कर्जा ६५ अर्ब रहेको छ।

२५. नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकको नाफा ३८ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षमा ९६ करोड रुपैयाँ नाफा गरेको छ। 

एसबिआई बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा बैंकको व्यवसाय समेत खस्केको देखिएको हो। अघिल्लो वर्ष नाफा १ अर्ब ५४ करोड थियो।

एक वर्षमा ब्याज आम्दानीमात्र १ अर्ब १६ करोडले घटेको छ। गतवर्ष एसबिआई बैंकले २ अर्ब ८६ करोड रुपैयाँ ब्याज आम्दानीबाट गरेको छ। ९ अर्ब ४९ करोड चुक्ता पूँजी रहेको एसबिआई बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने नाफा ३३ करोड ९२ लाख रुपैयाँ गरेको छ।

एसबिआई बैंकको असार मसान्तसम्ममा निक्षेप १ खर्ब ४ अर्ब छ भने कर्जा ९६ अर्ब छ। अघिल्लो वर्षको असार मसान्तमा एसबिआई बैंकमा १ खर्ब १० अर्ब निक्षेप थियो भने कर्जा ८९ अर्ब थियो।

२६. सेन्चुरी बैंक

सेन्चुरी बैंकको नाफा घटेको छ। गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६.७७ प्रतिशतले घटेर ७५ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको ८० करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

वितरण योग्य नाफा भने ४८.६२ प्रतिशतले बढेर ५९ करोड ४६ हजार ३१ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष वितरणयोग्य नाफा ४० करोड ९२ हजार रुपैयाँ थियो। बैंकको खुद ब्याज आम्दानी ३.२९ प्रतिशतले घटेर २ अर्ब ६० करोड ६५ लाख ६९ हजार रुपैयाँ पुगेको छ।

२७. सिभिल बैंक

सिभिल बैंकले गत आर्थिक वर्षमा ३१ अर्ब रुपैयाँले निक्षेप बढाएको छ। सिभिल बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार निक्षेपको आकार ८८ अर्ब पुर्याएको छ।

अघिल्लो वर्ष सिभिल बैंकको निक्षेप ५७ अर्ब थियो। यस्तै असार मसान्तसम्ममा सिभिल बैंकको ७९ अर्ब कर्जा रहेको छ। अघिल्लो वर्ष असार मसान्तमा सिभिल बैंकको कर्जा ५२ अर्ब थियो।

अघिल्लो वर्ष सिभिल बैंकको नाफा ५५ करोड ५० लाख रहेको थियो। सिभिल बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई बाँड्न मिल्ने नाफा ४९ करोड रुपैयाँ गरेको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.