add

अफगानिस्तान युद्ध: अमेरिकाको दुई दशक लामो युद्ध २५ सय सेना र १४० विलियन डलरको क्षति, उपलब्धी शून्य






ActPro Nepal

|

३२ साउन, २०७८

|
2029

काठमाडौं । अफगानिस्तानमा तालिबान समूहलाई हराउन भित्रिएको अमेरिकी सेना स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने घोषण गर्दै बाहिरिएको छ ।

अमेरिकामा १ सेप्टेम्बर २००१ मा ट्वीन टावरमा भएको आतंकवादी हमलापछि ओसामा बिन लादेनको खोजी गर्दै अफगानिस्तान छिरेको अमेरिका लादेन मारिएको १० वर्षपछि अचानक अफगानिस्तानबाट बाहिरिएको हो ।

सन् २०११ मा पाकिस्तानमा लुकेर बसेका लादेनको हत्या गरेपछि पनि १० वर्ष अमेरिकी सेना अफनिस्तानमा बसिरहे र युद्ध गरिरहे । यसरी बिसौं वर्ष अफगानिस्तानमा बसेर युद्ध गरेको अमेरिकाको उपलब्धी भने शून्य देखिएको छ ।


अमेरिकी सेना फिर्ता भएसंगै तालिवानले अफगानिस्तानको लगभग सम्पूर्ण स्थान कब्जा गरिसकेका छन् । त्यसकारण यो २० वर्षमा भएको जनधनको क्षतिलाई उपलब्धी शुन्य भनिएको छ ।

२५ सय सेना र १ सय ४० विलियन डलरको क्षति

ब्राउन युनिभर्सिटीअन्तर्गतको वाट्सन इन्स्टिच्युटले निकालेको ‘कस्ट अफ वार प्रोजेक्ट’ को तथ्यांकअनुसार अमेरिकाले २० वर्षअघि सुरू गरेको युद्धमा २ हजार ४ सय ४२ जना अमेरिकी सेनाको मृत्यु भएको छ ।

त्यस्तै, ७८ हजार ३ सय १४ अफगान सैनिक, ८४ हजार १ सय ९१ तालिवान लडाकु, ७१ हजार ३ सय ४४ सर्वसाधारण गरी २ लाख ४१ हजारले जीवन गुमाएको तथ्यांकले देखाएको छ ।


रिपोर्टकाअनुसार अमेरिका र नाटोले २।२६ ट्रिलियन अमेरिकी डलरभन्दा बढी रकम खर्च गरेका छन् । जसमा अमेरिका एक्लैको खर्च मात्रै १ सय ४० बिलियन अमेरिकी डलर रहेको छ । सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलकायदासँगको सम्बन्ध तोडेमा अफगानिस्तानबाट अमेरिकी सैनिक फर्काउने वाचासहितको एउटा सम्झौता तालिबानसँग गरे ।

यतिखेरसम्म अमेरिकाले अफगानिस्तानमा आफ्ना सैनिकमाथि कम्तीमा २ ट्रिलियन अमेरिकी डलर खर्चिसकेको थियो । पूर्ववर्ती राष्ट्रपतिले गरेको सम्झौता कार्यान्वयन गर्दै अमेरिकी राष्ट्रपति जो वाइडेनले आफ्ना सैनिक अमेरिकाबाट फिर्ता लगे ।


त्यससँगै ८५ हजार सैनिक रहेको तालिबानले अफगानिस्तानमा फेरि कब्जा जमाउन थाल्यो र अन्ततः सत्ता पल्टाउने हैसियत बनाएर काबुल पस्यो ।

तालिबानले अफगानिस्तानमा युद्ध अन्त्य भएको घोषणा गरेको छ । आइतबार राजधानी काबुल नियन्त्रणमा लिएपछि तालिबानले अफगानिस्तानमा युद्ध अन्तय भएको घोषणा गरेको हो ।


तालिबानी लडाकुहरुले राजधानी काबुल नियन्त्रणमा लिएपछि राष्ट्रपति अशरफ घानी देश छाडेर भागेका थिए

सोमबार काबुलका सडकहरु शान्त देखिएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा अराजकता र आतंकका दृश्यहरु देखिएका छन् । किनकि सयौं अफगानहरुले देश छोड्ने क्रम चलिरहेको छ । अमेरिका र अन्य पश्चिमी राष्ट्रहरुले पनि आफ्ना कूटनीतिज्ञ र नागरिकहरुको उद्धार गरिरहेका छन् । एजेन्सी

तस्वीर स्रोत : भिओएन्युज । इडीटाइम्स । सीआरएफ । काउन्टर करेन्टस । सिजिटिएन ।

सम्बन्धित समाचार

हतियारमा पैसा खर्चै नगरी तालिबान अफगानिस्तानमा पकड जमाउन कसरी भयो सफल ?

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

अफगानिस्तानमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन भट्टराईको माग

तालिबानले धम्की दिएपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे

काबुलको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

अफगानिस्तानकाे घटनाबाट हामी पनि बेलैमा सतर्क बन्ने कि?: डा. बाबुराम भट्टराई

तत्काल अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार गर्ने सरकारकाे निर्णय

काबुल विमानस्थलमा गोली चल्यो, ३ को मृत्यु

















एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.