अफगानिस्तानकाे घटनाबाट हामी पनि बेलैमा सतर्क बन्ने कि?: डा. बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अफगानिस्तानकाे घटनाबाट हामी पनि बेलैमा सतर्क बन्नु पर्ने बताएका छन्। उनले सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै यस्ताे बताएका हुन्।

अफगानिस्तानमा बाह्य शक्तिको सैनिक हस्तक्षेपको अन्त्यपछि सत्तामा धार्मिक कट्टरपन्थी समूहको पुनरागमन भएकाे भट्टराईले बताए। यस घटनाले देशमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने पुन: पुष्टी भएकाे पनि बताएका छन्।

उनले ट्वीटमा लेखेका छन्, ‘भूराजनीतिक हिसाबले संवेदनशील अफगानिस्तानमा बाह्य शक्तिको सैनिक हस्तक्षेपको अन्त्यपछि सत्तामा धार्मिक कट्टरपन्थी समूहको पुनरागमनले देशमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने पुन:पुष्टी भयो है! हामी पनि बेलैमा सतर्क बन्ने कि ? ’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।