add

नबिल बैंकको वितरणयोग्य मुनाफा ४ अर्बभन्दा बढी, प्रतिशेयर आम्दानी घट्यो






ActPro Nepal

|

३२ साउन, २०७८

|
540

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार बैंकको चौथो त्रैमासमा खुद नाफा ३०.०६ प्रतिशत बढेर ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशत बढी हो।

अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत बढेर ७ अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ६ अर्ब ९८ करोड ३६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । खुद ब्याज आम्दानी बढेसँगै सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत, नेट फि तथा कमिशन आम्दानी १९.७४ प्रतिशत र सञ्चालन मुनाफा २६.३५ प्रतिशत बढेको छ।

चुक्ता पूँजीको तुलनामा नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४ पैसा छ । बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.६९ गुणा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.