add

निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह






ActPro Nepal

|

१० साउन, २०७८

|
619

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट संकटमा परेको पर्यटन लगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताएका छन्।

शनिबार दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रहसमेत गरे।

‘संकटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानका लागि व्यवसाय र व्यावसायिक गतिविधिलाई चलायमान बनाउन जरुरी हुन्छ। यसका लागि अहिलेलाई खोप नै प्रमुख उपाय देखिएको छ। त्यसैले नयाँ सरकारसँग मेरो अनुरोध छ, छिटोभन्दा छिटो सबै जनतालाई खोपको व्यवस्था गरौँ,’ उनले भने।

कोभिडपछि नेपालको पर्यटन व्यवसाय तहसनहस बनेको बताउँदै, ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्षसमेत रहेका ढकालले हालै मात्र बैंकले वार्षिक, अनिवार्य बिदा लिने बैंकका कर्मचारीले कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलमा अनिवार्य भ्रमण गर्नुपर्ने व्यवस्था गरेको बताए।

उनले भने, ‘कोभिडको महामारी कम नभई तत्कालका लागि विदेशी पर्यटक आउने सम्भावना पनि कम रहेकाले अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै बैंकले यो योजना ल्याएको हो। कोभिड–१९ को महामारीका कारण पूर्णरूपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकको खाँचो छ।’

राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उनले कर्पोरेट हाउस, बैंक तथा वित्तीय क्षेत्रले पनि यसैगरी आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्न सके नेपालको पर्यटन क्षेत्र लयमा फर्कन धेरै समय नलाग्नेसमेत बताए।

दोलखामा लगानीको सम्भावना निकै रहेको बताउँदै त्यसमा निजी क्षेत्रको छाता संगठनको वरिष्ठ उपाध्यक्षको हैसियतमा वा एक जना लगानीकर्ताको हैसियतमा जस्तोसुकै तरिकाबाट पनि आफ्नो सहभागिता रहने र त्यस्ता सम्भावित परियोजनामा आफूले लगानी गर्ने उनले बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.