add

कोरोना खोप किन्न एडीबीले रू.१९ अर्ब ६५ करोड ऋण दिने






ActPro Nepal

|

८ साउन, २०७८

|
1332

काठमाडौं ।बहुपक्षीय ऋणदाता एशियाली विकास ब्यांक (एडीबी)ले कोरोनाभाइरसविरुद्धको खोप खरीद गर्न नेपाललाई १६५ मिलियन अमेरिकी डलर (करीब रू.१९ अर्ब ६५ करोड) ऋण दिने भएको छ।

बिहीबार विज्ञप्ति जारी एडीबीले कोरोना खोप अभियान सञ्चालन र आपूर्ति प्रणालीमा सहयोग पुर्‍याउन नेपाललाई १६५ मिलियन डलर ऋणका रूपमा उपलब्ध गराउने जानकारी दिएको हो ।

यो रकमले करीव १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने भएको छ । एडीबीले डिसेम्बर २०२० मा सार्वजनिक गरेको नौ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम अन्तर्गत नेपाललाई ऋण दिन लागेको हो।

एडीबीका अध्यक्ष मासात्सुवु आसाकावाले एडीबीको यो सहयोगले अत्यावश्यक कोरोना खोप किन्दै आफ्ना नागरिकको सुरक्षा गर्न र संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने उनले बताएका छन् ।

छिट्टै खोप किन्दै अवस्था सामान्य बनाउनु अहिलेको आवश्यकता रहेको उनले उल्लेख गरेका छन् । यसअघि सन् २०२० डिसेम्बर एडिबीले एसिया प्यासेफिक क्षेत्रमा खोप खरिद गर्न ९ अर्ब डलर दिने निर्णय गरेको थियो । सोही अन्तर्गत नेपालले यो सहयोग पाएको हो ।

नेपालले अहिलेसम्म भारतको सेरम इन्स्टिच्यूटसँग २० लाख डोज र चीनको सिनोफार्मसँग ४० लाख डोज खोप खरीदका लागि सम्झौता गरेको छ। सरकारी अधिकारीहरूले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने बताउँदै आएका छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.