add

हत्या आरोपित पाँचजना पक्राउ






ActPro Nepal

|

४ साउन, २०७८

|
993

सप्तरी । सप्तरीको खडक नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँको हत्या आरोपमा सप्तरी प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनको छोरा ३२ वर्षीय जाकिर मियाँलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा भएको ठगीका कारण उत्पन्न विवादका क्रममा गत शुक्रबार दाउदको हत्या भएको थियो ।

घटनापछि फरार आरोपितहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय कल्याणपुरका उमाशङ्करप्रसाद साह, इलाका प्रहरी कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवान र इलाका प्रहरी भेडियाका प्रहरी नायब निरीक्षक सागिर राइनको टोलीले विशेष सुराकहरुका आधारमा आरोपितहरुलाई पक्राउ गरेको जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.