add

ट्राफिक प्रहरी महाशाखालाई अर्को सफलता: दुइवटा चोरीको मोटरसाईकल सहित एक जना पक्राउ






ActPro Nepal

|

४ साउन, २०७८

|
1253

काठमाडौं ।  मोटरसाईकल चोरीको घटना बढे सँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि बिशेष अप्रेशन सञ्चालन गर्दै आईरहेको छ । 

सोही क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुर सानोठिमीबाट चोरी भएको  बा ९५ प २३३ नम्वरको केटिएम डुक २०० सिसिको मोटरसाइकल  सहित एक जनालाई पक्राउ गरेको छ ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर कौशलटारबाट बा ९५ प २३३ नम्वरको केटिएम डुक २०० सिसिको मोटरसाइकललाई विना साँचो डाईरेक्ट स्टार्ट गरी चलाई रहेको अवस्थामा कमलामाई नगरपालिका – ७, दोलखा घर भएका वर्ष १९ को विज्ञान भुजेललाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

चोरी भएको सुचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकको टोलीले खटिएको ट्राफिक प्रहरीको टोलीले आईतबार दिउँसो ३:०० बजे नै उक्त मोटरसाईकल सहित १ जनालाई नियन्त्रण लिन सफल भएको एसएसपी भट्टराईले बताए ।

​नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुक्ष पश्चात  बा ८३ प ३३४५ नम्बरको २०० सिसि एनएस रातो पल्सर मोटरसाईकल समेत कौशलटारबाट बरामद गरेको छ । उक्त मोटरसाइकल यहि जेष्ठ १० गते बालकुमारी, ललितपुरबाट हराएको भनी गोदावारी न.पा. – ६, टिकाभैरव घर भएका लक्ष्मण रानाले हुलिया निवेदन यस महाशाखामा दिएका थिए ।

पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलहरू सहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागी महानगरीय प्रहरी बृत्त, ठिमीमा बुझाएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तर रूपमा चलाई राखेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.